Daily Archives: 14/01/2013

नेपाल र कुवेत बिचको दोस्रो मैत्रिपूर्ण फुट्बल खेल रद्द


ईन्द्र भुसाल,कुवेत
481363_4560502808369_636922136_nपहिलो मैत्रिपूर्ण खेलमा गोलको बर्षा लगाएपछी नेपाली महिला फुट्बल टिमले खेल्ने भनेको दोस्रो खेल अचानक रद्द भएको समाचार आधिकारीक रुपमा बहिर आएको छ । कुवेत महिला फुटबल टिमसँग खेल खेल्न कुवेत आएको नेपाली महिला टिम शनिबारको  खेलमा ८ -० ले बिजय भएको थियो भने भोली पुन अर्को खेल खेल्ने तयारीमा रहेको थिए । पढ्नेक्रम जारी राख्नुहोस्

तमु समाज कुवेतले भब्यरुपमा बिदाई गर्‍यो उदयमान कलाकार शान्ती गुरुङलाई


ईन्द्र भुसाल ,कुवेत 
530810_4963337958749_1514991751_n

गुरुङ जातिको महान पर्व तमु ल्होछार कार्यक्रममा भाग लिन कुवेत आएकी अतिथी कलाकार शान्ती गुरुङ ५ दिनको बसाई पछी आज बिहान नेपाल फर्किन। ल्होछार कार्यक्रममा सम्पूर्ण कुवेत बासी नेपालीहरुलाई नचाउन सफल उनलाई बिमानस्थलमा तमु समाज कुवेतका अध्यक्ष खोप गुरुङ ,उपाध्यक्ष नबिन गुरुङ ,सस्थापक अध्यक्ष अमर गुरुङले खादा ओढाएर बिदाई गर्नु भएको अमर गुरुङले जानकारी दिनुभएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

गायन क्षेत्रलाई नै मुख्य प्राथमिकताका साथ अगाडि बढ्ने छु -कलाकार शान्ती गुरुङ


ईन्द्र भुसाल, कुवेत

734939_4565845821941_1485284263_nतमु समाज कुवेतले गत शुक्रबार भब्यरुपले सम्पन्न गरेको तमु ल्होछार कार्यक्रममा भाग लिन आउनु भएकी नब उदयमान गायिका शान्ती गुरुङ अति नै खुशीका साथ ल्होछार मनाएर नेपाल फर्कदै छन । कास्की जिल्लाको पोखरा नगरपालिका नागढुङ्गामा जन्मनु भएकी कलाकार गुरुङ भर्खरै कोरियामा साँस्कृतिक कार्यक्रम गरी नेपाल हुँदै कुवेत आईपुगेकी हुन । पढ्नेक्रम जारी राख्नुहोस्

४५ हजार बेरोजगारलाई तालिमसहित जागिर


१ माघ, – नेपालका ४५ हजार बेरोजगार युवालाई व्यावसायिक तालिम र रोजगारी उपलब्ध गराइने भएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट) परियोजनाले एसएलसी भन्दा कम योग्यता भएका र साक्षर युवालाई लक्षित गरी रोजगारी सुनिश्चितता भएको तालिनम दिन लागेको हो । यस आर्थिक बर्ष मात्र साढे सात हजार युवालाई तालिम र रोजगारी दिन लागिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

खाडीबाट आउने वायुसेवा घाटामा


सुशील भट्टराई, माघ १ – खाडी मुलुकबाट नियमित नेपाल उडान गरिरहेका करिब एक दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी घाटामा चलिरहेका छन्। खाडीबाट हाल आठ वायुसेवाले यहाँ उडान गरिरहेका छन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दिनहुँ सयौं नेपाली मजदुर खाडीका विभिन्न देश कामका लागि जाने गरेका छन्। यिनै यात्रु लक्ष्य गर्दै उडान गरिरहेका भए पनि ती वायुसेवा कम्पनीले नाफा गर्न सकेका छैनन्। पढ्नेक्रम जारी राख्नुहोस्

दाहालको ‘गोप्य’ दस्तावेज – ‘तत्काल सत्ता छाड्नु आत्मघाती’


सरकारले माथिबाट, पार्टीले तलबाट हस्तक्षेप गर्ने नीति

प्रकाश तिमल्सिना, काठमाडौं, माघ १ – नयाँ सहमतीय सरकार गठनको राजनीतिक पहलमा सक्रिय एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नै तत्काल आफ्नो दल नेतृत्वको सरकार नछाड्ने रणनीतिमा रहेको खुलासा भएको छ। पार्टीको आसन्न महाधिवेशनमा पेस गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा दाहालले ‘तत्काल बाबुराम भट्टराई नेतृत्वको सरकार छाड्नु आत्मघाती हुने’ विश्लेषण गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्