Daily Archives: 10/01/2013

चित्र

नेपाली राजदूतावास कुवेतको जरुरी सूचना !!


Embassy Notice

मृत्युदण्ड सुनाइएका घलेको गीत रेकर्ड गर्ने इच्छा


रामचन्द्र नेपाल
Hari-Bahadur-Ghale२६ पुस, क्वालालम्पुर – मलेसियाली अदालतले मृत्युदण्डको सजायँ सुनाएपछि जीवनरक्षाको याचना गर्दै जेल जीवन बिताइरहेका नेपाली नागरिक हरिवहादुर घलेलाई ११ बर्षपछि बहिनीले भेटेकी छिन् । नेपाली राजदूतावास क्वालालम्पुरको सहयोगमा काजाङ जेलमा रहेका घलेलाई वुधवार दिउँसो तीन वजे सरलाले भेटेकी हुन् ।

भेटमा दाजुले आफ्नो भन्दा पनि परिवार र देशको वारेमा निकै चासो राखेको सरलाले बताइन् । आफुलाई वचाउन भैरहेको प्रयासमा नेपाल सरकार र नेपाली जनसमुदायलाई निकै सम्भिmएको र सवैलाई धन्यवाद दिएको सरलाले वताईन । मलेसियासँग नेपालले सुपुर्दगी सन्धी गरे/नगरेको र आफु रिहा भएर नेपाल जान पाउने सम्भावना रहे/नरहेको ’bout उनले बहिनीलाई सोधेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीको सम्पत्ति २ रोपनी जग्गा र ११ लाख नगद


baburam-bhattarai२६ पुस,- प्रधानमन्त्री डा बाबुराम भट्टराईको खोप्लाङ गाविस-४ गोरखामा करिब दुई रोपनीको पैतृक सम्पत्ति छ । प्रधानमन्त्री डा भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यही पुस ४ गते सम्पत्ति विवरण पेस गर्नुभएको थियो । उहाँको राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाका दुई खातामा पारिश्रमिक र भत्ताबापत प्राप्त करिब ११ लाख मौज्दात रहेको जनाइएको छ । उहाँका अन्य सम्पत्तिमा किताब र घरायसी सामान रहेका छन्, जसको मूल्य हिसाब गरिएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

लुट्न हिँडेका पूर्व लडाकुलाई गाउँलेले समाते


बनेपा, पुस २६ – काभ्रेको कोशीपारी नाग्रेगगर्चे गाविस-४ स्थित डिसीडब्लुडिसी अस्पतालमा कार्यरत विदेशीलाई लुट्ने उद्देश्यले गाउँ पुगेका ८ जना लुटेरामध्ये ६ जनालाई समातेर गाउँलेले प्रहरीलाई बुझाएका छन्। दुई जना भने फरार भएका छन्। बुधबार राति शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई खुकुरी, रड, डोरी, मास्किङ टेप र विभिन्न मोबाइल सेटसहित स्थानीयले समातेका हुन्। गाउँलेहरुले सबैलाई बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय धुलिखेल ल्याइ पुर्‍याएका छन्। उनीहरुबाट ५ थान खुकुरी, ७ थान मोबाइल र पाँचहजार ६ सय रुपैंया र केही मलेशियन मुद्रासमेत प्रहरीले बरामद गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

चर्चित गायिका शान्ती गुरुङको कुवेतमा आगमन बिमान स्थलमा भब्य स्वागत


राजु गुरुङ, कुबेत

चर्चित गायिका शान्ती गुरुङको कुवेतमा आगमन बिमान स्थलमा भब्य स्वागत ।IMG_0012 तमू समाज, कुवेत द्वारा आयोजित यस बर्षको ‘तमू सप्री ल्होछार’ कार्यक्रममा सहभागीता जनाउन अतिथी कलाकारको रुपमा उहा कुवेत आई पुग्नु भएको हो । उहाको आगमनलाई समाजका पदाधिकारीहरु लगायत बिभिन्न सँघ सस्थाका प्रतिनिधि एवं शुभ चिन्तकहरु द्वारा कुवेत अन्तराष्ट्रिय बिमान स्थलमा भब्य रुपमा हार्दिक स्वागत गरिएको थियो ।

पढ्नेक्रम जारी राख्नुहोस्