Daily Archives: 08/01/2013

कस्तो बिहे ? दुलाहा-दुलही र जन्ती नांगै


nude-marriageमान्छेका शौख पनि अचम्मकै हुन्छन् । आफुलाई प्रकृतिवादी भन्ने न्युजिल्याण्डको एक जोडीले निर्वस्त्र विवाह गरेको छ । बेहुला बेहुलीले सरीरमा कुनैपनि कपडा नलगाएको उक्त बिहे समारोहमा केही जन्ती र पाहुना समेत नांगै थिए । गएको जनवरी ५ का दिन विलिंगटन स्थित प्रकृतिवादी क्लबमा सम्पन्न भएको उक्त विवाह समारोहमा यसरी नांगै बिहे गर्ने जोडी हुन् निक र विन्डी लोवे । समाचार अनुसार त्यस ठाउँमा भएको यो पहिलो निर्वस्त्र विवाह हो । पढ्नेक्रम जारी राख्नुहोस्

एमाओवादीबाट ३५ सय नेता-कार्यकर्ता वैद्य माओवादीमा प्रवेश गरेको दाबी


प्रकाश तिमल्सिना, काठमाडौं, पुस २४- एकीकृत माओवादीका ३५ सय नेता-कार्यकर्ता मोहन वैद्य नेतृत्‍वको नकेपा-माओवादीमा प्रवेश गरेको पार्टीले दाबी गरेको छ। एमाओवादी ताम्सलिङ र नेवाः रज्यका १६ जना राज्य समिति सदस्य र दुई सय जिल्ला समिति सदस्यले वैद्य माओवादीमा प्रवेश गरेको पार्टीले दाबी गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

डेकेन्द्रका हत्यारालाई कारवाही रोक्न दुवै माओवादीको दवाब, पत्रकार धर्नामा


गोविन्द केसी, दैलेख, पुस २४- दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा पक्राउन परेका ५ जनालाई अनुसन्धान गर्न दुवै माओवादीका केन्द्रीय नेताहरुबाट दवाब आएको भन्दै तत्काल अनुसन्धान गर्न पत्रकारहरुले जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका छन्। पुनरावेदन अदालत सुर्खेतमा दैलेख प्रहरी र सरकारी वकिल कार्यालयविरुद्ध रिट दायर गरेलगत्तै अदालतले पुस १८ गते तत्काल अनुसन्धान प्रकृया अघि बढाउन दुवै कार्यालयका नाममा परमादेश जारी गरेलगत्तै दैलेख प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको हो। प्रहरी कार्यालय अगाडि अनुसन्धान अघि बढाउन पत्रकारहरुले धर्ना दिएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्