Daily Archives: 03/01/2013

मलेसियामा कामदारको तलब बढ्यो


petronasदस हजार वृद्धि, चार लाख नेपालीलाई राहत-
सुरेन्द्र पौडेल, पुस १९ – मलेसियामा कार्यरत नेपाली कामदारको मासिक तलब न्यूनतम २६ हजार रुपैयाँ (९ सय रिंगिट) भएको छ। मलेसियाली सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरी मंगलबार (जनवरी १) बाट कार्यान्वयनमा ल्याएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

कोमल वली राजेश हमालकी पत्‍नी बन्ने


komal-oli2काठमाडौं, पुस १९- गायिका कोमल ओली अब फिल्म ‘राजनीति’मार्फत् अभिनेत्रीका रुपमा देखा पर्ने भएकी छन्। उनी यसमा राजेश हमालकी पत्नी बन्दैछिन्। बुधबार बिहान उनले फिल्मको सम्झौतापत्रमा हस्ताक्षर गरेलगत्तै ड्रेससमेत छनोट गरिन्। ‘फिल्म खेल्नकै लागि बेलायतमा हुने कार्यक्रम रद्द गरेँ,’ फिल्मप्रति मोह बढ्नुको कारण खुलाउँदै कोमलले भनिन्, ‘महिला सशक्तिकरण र सकारात्मक परिवर्तनका लागि समाजमा महिलाले पुर्‍याएको योगदानमाथि फिल्म केन्द्रित छ। त्यसैले काम गर्न मन लाग्यो।’  पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिले टेरेनन् सर्वोच्चको आदेश


१९ पुस, काठमाण्डौं । सर्वोच्च अदालतले सरकारद्धारा पेस भएका अध्यादेश जारी नभएको विषयमा राष्ट्रपति डा. रामबरण rambaran-yadhavयादबको नामै किटेर लिखित जवाफ पेस गर्न दिएको कानुनी म्याद पुस ११ गते समाप्त भइसकेको छ । तर राष्ट्रपति यादवबाट बुधाबारसम्म आदेशको जवाफ सर्वोच्चलाई प्राप्त भएको छैन् ।

राष्ट्रपतिसमक्ष पेस भएका अध्यादेश जारी नहुँदा राज्य सञ्चालनमा कठिनाई उत्पन्न भएको बताउँदै अधिवक्ता उद्धवप्रसाद चौलागाईद्धारा दायर रिट निवेदनमा सर्वोच्चका न्यायाधीश सुशीला कार्कीको एकल इजलासले गत मंसिर ५ गते राष्ट्रपति डा. यादबको नामै तोकेर कारणसहितको लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । यसअघि इजलासबाट राष्ट्रपतिसँग जोडिएका कानुनी र संवैधानिक विवादमा राष्ट्रपति कार्यालयबाट मात्र लिखित जवाफ माग गर्ने परम्परा रहेको अन्नपूर्ण पोष्टमा खबर छ । पढ्नेक्रम जारी राख्नुहोस्

भारत र पाकिस्तानबीच दोस्रो एकदिवसीय आज


१९ पुस, काठमाडौं । चिरप्रतिद्धन्दी भारत र पाकिस्तानबीच दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।Cricket - India v Pakistan 2nd T20I Ahmedabad

कोलकोत्तामा मध्याह्न सवाँ १२ बजे हुने खेलमा भारत नियमित कप्तान महेन्द्र सिह धोनीको नेतृत्व मैदान उत्रनेछ भने पाकिस्तानको कप्तानीको जिम्मेवारी मिसवा उलहकले सम्हाल्नेछन् । पढ्नेक्रम जारी राख्नुहोस्