काठमाडौं, पुस १७- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान प्रधानमन्त्रीको सर्वसत्तावादी सोचले राष्ट्रिय सहमतिमा बाधा खडा गरिरहेको बताएका छन्। प्रधानमन्त्री सहमतिका लागि त्याग, जनता, मुलुकको पक्षमा नभइ कुर्सी मोह, सत्ता लिप्सामा प्रधानमन्त्री केन्द्रीत रहेको नेता नेपालले आरोप लगाए। सरकारको नेतृत्व गरेका बखत वातावरण, प्रकोप र जलवायु परिवर्तनका विषयमा स्वदेशी तथा विदेशी मञ्चहरुमा प्रधानमन्त्रीको हैसियतमा नेता नेपालले दिएका मन्तव्यहरुको सङ्गालोका रुपमा प्रकाशित ‘इन्भारोन्मेन्ट, डिजास्टर एन्ड क्लाइमेट चेन्ज’ नामक पुस्तकको आज यहाँ लोकार्पण गर्दै उनले सो कुरा बताएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 01/01/2013
नयाँ वर्ष मनाउनेक्रममा भागदौड हुँदा ६० को मृत्यु
आइभोरी कोस्ट, पुस १७ (एजेन्सी)-नयाँ वर्ष मनाउने क्रममा भएको भागदौडमा परी आइभोरी कोस्टको राजधानी अविदजानमा ६० जनाको मृत्यु भएको छ। बिबिसीले स्थानीय मिडियालाई उदृत गर्दै जनाएअनुसार नयाँ वर्षको स्वागतमा जुटेकाहरु भागाभाग हुँदा यस्तो दुर्घटना भएको हो।
राजधानीको केन्द्रीय भागमा स्थानीय समयअनुसार बिहानै भागाभाग भएको थियो। करिब २ सय मानिसहरु दुर्घटनामा परी घाइते भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार