तमू समाज, कुवेत द्वारा आयोजना गरिने ‘तमू ल्होछार पर्व’ कार्यक्रमको मिती र स्थान परिवर्तन गरिएको सूचना !!!


सुरेश गुरुङ, कुबेत
197175_445096885525716_1059390859_nतमू समाज, कुवेत द्वारा आयोजना गरिने यस बर्षको सप्री ‘तमू ल्होछार ‘ कार्यक्रमको मिती र स्थान बिबिध कारण बस परिवर्तन गरी ११ जनवरी २०१३, शुक्रबार कुवेतको फिन्तास स्थित वेडिङ हल (गत बर्षकै स्थान) मा मनाउने पक्का भएको छ । ल्होछार सम्बन्धी छलफल सहीत गत शुक्रबार बसेको समाजको बैठकले सो निर्णय गरेको हो । यस अघी सो कार्यक्रम जनवरी ४ मा मालिया स्थित होटेल एसिया एसियामा गरिने निर्णय गरेको थियो, साथै मिती र स्थान परिवर्तन गर्दा पर्न गएको असुबिधा प्रती सम्पूर्ण प्रबासी तमू तथा गैर तमू दाजुभाइ तथा दिदीबहिनीहरुमा तमू समाज, कुवेतले यसै सूचना मार्फत खेद प्रकट गर्दै अब उप्रान्त ‘तमू ल्होछार पर्व’ आयोजनाको मिती र स्थान ’bout दुबिधामा नरहन समेत आग्रह गरेको छ ।
कार्यक्रमको मुख्य आकर्षण भने नेपालबाट आउने अतिथी कलाकार शान्ती गुरुङ रहने छ, शुभकामना आदान प्रदान, मुप्री ल्हो (गरुढ बर्ग) को बिदाइ तथा सप्री ल्हो (सर्प बर्ग) को स्वागत एवं उक्त ल्हो का मानुभावहरुलाई धर्मगुरु, जेष्ठ ब्याक्तीत्वहरु द्वारा रिपा ग्रहण गराइ रिती पुर्वक स्याई स्याई गरिने छ । कार्यक्रमको अन्य आकर्षण भने तमू भेष भुषा प्रदर्शनी तथा उक्रिष्ठ ठहरिएकाहरु लाई सम्मान सहीत पुरस्क्रित गरिने रहेको छ साथै स्वाँदिष्ट जलपान तथा अतिथी कलाकारका साथ स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती द्वारा मनोरन्जन रहने छ ।
‘ल्होछार पर्व’ तमूहरुको ऐतिहासिक, मौलिक एवं साँस्कृतिक पहिचान बोकेको राष्ट्रिय पर्व भएकोले नेपालमा मात्र नभएर संसार भरी छरिएर रहेका तमूहरुले यस पर्वलाई उतिकै महत्व दिएर हर्ष उल्लासका साथ मनाउछन । सोही अनुरुप कुवेतमा प्रवासी तमूहरुको सांझा सस्थाको रुपमा रहेको तमू समाज, कुवेतले आफ्नो स्थापना काल देखिनै यस पर्वलाई बिभिन्न कार्यक्रमहरु गरी सार्वजनिक रुपमा मनाउदै आई रहेको छ । साथै यस बर्षको सप्री ‘तमू ल्होछार’ कार्यक्रमको पूर्ण तयारी भई सकेको हुँदा सम्पूर्ण कुवेतबासी प्रवासी नेपालीहरुलाई कार्यक्रममा उपस्थितीको लागी हार्दिक निमन्त्रणा गरेको छ भने बिशेषत: तमू दाजुभाई तथा दिदीबहिनीहरुलाई सो कार्यक्रममा आफ्नो मौलिक भेष भुषामा उपस्थिती भै दिन समेत अपिल गरेको छ । उक्त कार्यक्रमलाई युएई एक्स्चेन्ज तथा फ्लाई दुवाईले प्रायोजित गर्ने भएको छ ।

4 responses to “तमू समाज, कुवेत द्वारा आयोजना गरिने ‘तमू ल्होछार पर्व’ कार्यक्रमको मिती र स्थान परिवर्तन गरिएको सूचना !!!

  1. good to know, thank you tamu samaj kuwait for such information and keep up the great work.

  2. oho khusiko khabar suniyo, yo kuwaitko khadima pani bhabya lhoshar karyakram.tamu samaj kuwaitko jay hos ra sampurna tamu samajma khatera afno parampara jogauna tallin sathiharulai ma hirdaya dekhi nai salam garchhu.ma ta bharkharai kuwait parbesh gareko khusi lagyo yaha pani yati sakriya tamu samaj raheko thaha pauda.hami tamu jati 1bhayera tam lhoshar dhumdham purbak manau.good job sathi ho keep the
    .

  3. tamu samaj kuwaitlai dherai2 dhanyabad chha.shanti gurung bhaneko tyo gurung filmma pani geet gaune shanti ho ki arkai ho?je hos hamile pani lhochharma shantiko talant herna paine bhayo.good job tamu samaj kuwait

  4. Dechan Gurung,kaji gurung,dinesh lama jee hajur harulai dharai dharai thank you yasari nai garera hami tamu harruko riti ribaj aghari badaaunu hos ra kuwait tamu samaj lai dhannebat takkarauna chahanchu ,ma arjun tamu ko tarfa bata

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.