Monthly Archives: डिसेम्बर 2012

भारतीय ‘गोल्डम्यान’ जो सुनको सर्ट लगाउँछन्


goldmanजति नै सम्पन्न भएपनि सुनकै थालमा चाहिं खाँदैनन भन्ने बुढा पुरानाको भनाईलाई गलत सावित गर्दैछन् एक भारतीय ब्यापारीले । उनी सुनको थालमा त खाँदैनन तर सुनको कमिज भने लगाउँछन् । दत्ता फुगे आफूलाई ‘गोल्ड म्यान’ भन्न रुचाउँछन् । नभनुन पनि किन ? उनलाई देख्दा सुनको पसल नै लजाउँछ । भारतको पुणेका व्यापारी दत्ताले आफ्नो लागि सुनको सर्ट बनाएका छन् । शर्टको वजन लगभग ३ किलो छ र यसको मूल्य झण्डै २ करोड रुपैयाँ पर्छ ।

१५ कालिगढहरुले १५ दिनसम्म लगातार १८ घण्टाका दरले काम गरेर बनाएको सर्टमा २२ क्यारेटको सुन प्रयोग गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एयरपोर्टमा लुटिएकी चेलीसँग सरकारले माफी माग्यो


सोमबार प्रतिबेदन सार्वजनकि गरि अख्तियार पठाइने
बैदेशिक रोजगारीबाट फर्किनेक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनमा सर्वस्व लुटिएकी चेलीसँग सरकारले माफी मागेको छ ।लैङ्गकि हिंसा अन्त्य तथा लैंगिक सशक्तीकरण केन्द्रीय समन्वय समिति सल्लाहाकार समूह र सुरक्षा निकायका प्रमुखहरुको संयुक्त बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई र मुख्य सचिब लिलामणि पौडेलले घटनाप्रति दुःख प्रकट गरी क्षमा याचना गर्नु भएको छ । गत मंसिर ६ गते साउदी अरवबाट फर्किएकी भोजपुर जरायोटारकी राई थरकी युवतीले ल्याएको करिव दुई लाख रुपैयाँ अध्यागमनका कर्मचारीले लुटेका थिए भने त्यहीँ कार्यरत प्रहरीले उनलाई होटलमा लगेर बलात्कार गरेका थिए । उनी अहिले गर्भवती छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

विस्फोटमा १९ तीर्थयात्री मारिए


क्वेटा, पुस १६ (एपी)- पाकिस्तानको दक्षिण-पश्चिमी प्रान्त बलुचिस्तानमा गुडिरहेका तीन बसमा आइतबार गरिएको आत्मघाती आक्रमणमा १९ सिया तीर्थयात्रीको मृत्यु भएको छ। उत्तरपूर्वी पाकिस्तानको आदिवासी क्षेत्रमा तालिबानद्वारा गोली हानी हत्या गरिएका २१ स्थानीय प्रहरीको शव आइतबार बिहानै भेटिएको सरकारी अधिकारीले जनाएका बेला सिया तीर्थयात्री मारिएका हुन्।  पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिले सोधे : म्याद कहिलेसम्म थपिरहूँ?


बालकृष्ण अधिकारी, पुस १६ -राष्ट्रपति रामवरण यादवले समय ‘धेरै घर्किसकेको’ भन्दै प्रमुख चार शक्तिका शीर्ष नेतालाई छिटो सहमतिमा पुग्न आग्रह गरेका छन्। सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको पछिल्लो समय पनि त्यसै गुजारेपछि आइतबार बिहान शीतल निवास पुगेका शीर्ष नेतासँग उनले छिटो निकास दिन आग्रह गरे। राष्ट्रपति यादवले वैशाखमा निर्वाचन गर्न ५/७ दिनमा सहमतिमा पुग्नु जरुरी भएको भन्दै टुंगोमा पुग्न नेताहरुलाई आग्रह गरे। ‘समय धेरै खुम्चिसकेको छ,’ राष्ट्रपतिलाई उद्धृत गर्दै मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले, ‘छिटो सहमतिमा पुग्न राष्ट्रपतिले आग्रह गर्नुभएको छ। हामीले छिट्टै निकास दिने प्रतिबद्धता जनाएका छौं।’ पढ्नेक्रम जारी राख्नुहोस्

खुशीको खबर अरबी भाषा निःशुल्क सिक्न पाउने अवसर


इस्लाम प्रेजेन्टेशन कमिटीको प्रधान कार्यलय कुवैत सिटीमा 2013 जनवरी 4 तारिक देखि अरबी भाषाको तालीम शुरु हुने भएको हुनाले अरबी भाषाको तालीम गर्न इच्छुक मित्रहरुले यथासिघ्र आफ्नो नाम दर्ता गराउनु होला । नाम दर्ता गर्ने समय बिहान 8 बजे देखि 11 बजे सम्म र बेलुका 4 बजे देखि 7 बजे सम्म रहने छ । पढ्नेक्रम जारी राख्नुहोस्

अपहरणमा परेका २१ सुरक्षाकर्मीमाथि गोली प्रहार


इस्लामावाद, पुस १५ (सिन्हवा)- पाकिस्तानी तालिवानले अपहरण गरेका २१ सुरक्षाकर्मीको हत्या गरेका छन्। केही दिनअघि एनडब्लु चेकपोस्टबाट अपहरणमा परेका सुरक्षाकर्मीलाई मारिएको स्थानीय मिडिया जिइओले आइतबार जनाएको छ।मारिएका सुरक्षाकर्मीको लास पेसावर नजिके हसान खेल भन्ने स्थानमा फेला पारेको जिइओले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्