१४ मंसिर, काठमाण्डौं । सहमतिका आधारमा नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरुको नामावली पेश गर्न राष्ट्रपति डा. रामबरण यादवले दिएको सात दिने समयसीमा आज सकिदै छ ।राष्ट्रपतिले दिएको सात दिनको समय एकपटक पनि ठोस छलफल नगरि बिताएका दलहरु राष्ट्रपतिसमक्ष पुनः म्याद थपका लागि आग्रह गर्ने तयारीमा छन् । दलहरुको आग्रह बमोजिम राष्ट्रपतिले ५ देखि ७ दिनको समय थप्ने तयारी गरिरहेका शीतलनिवास स्रोतले जानकारी दियो ।त्यसका आज साँझ ६ बजे प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाउनु भएको छ ।प्रमुख दलहरुको छलफलपछि आजै अर्को समय सीमा तोकिने राष्ट्रपतिको सचिवालयले जनाएको छ । सहमतिको समय सकिए पनि राष्ट्रपतिले बहुमतीय प्रकृयाका लागि आह्वान नगर्ने राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो ।
राष्ट्रपतिले दिएको समय आज सकिदै, फेरि थप्ने तयारी
This entry was posted in नेपाल समाचार. Bookmark the permalink.
तपाईँले फेरि ‘चुनाव ढिलो या चाँडो’ भन्नुभयो? तपाईँ शब्द शब्दलाई नसमात्नुस न। मंसिर ७ को सट्टा ६ हुन सक्छ ८ हुन सक्छ। सबैभन्दा पहिला संविधान सभा विघटन भएपछि चुनावको घोषणा गर्ने वैधानिक काम सरकारको हो। त्यो त संसारको मान्यता हो। त्यो नगरेको भए त म माथि झन् ठूलो आरोपहरू लाग्थे। संविधानसभा पनि छैन, चुनावको घोषणा पनि गरेन। कुर्सीमा टाँसिएर सत्ता कब्जा गर्न खोज्यो भन्थे। त्यसबाट बच्न पनि मैले चुनावको घोषणा गरेँ। त्यसको जश पो पाउनु पर्थ्यो मैले। निर्वाचन घोषणा गरेकैले आलोचना गरिनु के त्यो शोभनिए कुरा हो?