ट्र्याक्टर किन्न १२ लाख, हेलिकप्टरबाट गाउँ पुर्‍याउन साढे १० लाख भाडा


दिनेश गौतम, दुनै (डोल्पा), मंसिर १४ -१२ लाख रुपैयाँमा किनेको ट्र्याक्टर गाउँ पुर्‍याउन उनलाई भाडामात्र साढे १० लाख लाग्यो। सल्यान, कालागाउँ- ४ का जनकबहादुर बुढाले नेपालगन्जबाट हेलिकप्टर चार्टर गरेर ट्र्याक्टर हिमाली जिल्ला डोल्पा सदरमुकाम दुनै पुर्‍याएपछि दुनैवासीका दुःख घटेको छ। २०६८ फागुन २४ गते पहिलोपटक सदरमुकाम झारिएको यातायात साधन भे१त ४४६३ ले अहिले सामान पनि बोक्छ, मान्छे पनि ओसार्छ।

३१ वर्षीय बुढा गर्वसाथ भन्छन्, ‘घर तथा सरकारी भवन बनाउन ढुंगामात्र होइन सरकारी उच्च अधिकारीलाई पनि ट्र्याक्टरबाटै ओसार्छु।’ भेरी र आसपासका क्षेत्रबाट घर बनाउन ढुंगा ओसार्ने काम खच्चडले गर्थे। खच्चड प्रयोग गर्दा महँगो र ढिलो हुने काम ट्र्याक्टरले सजिलो बनाएको छ।

जिल्ला अदालतलगायत सरकारी भवन निर्माणमा ट्र्याक्टरबाट ढुंगा ओसार्नेमात्र होइन, जिल्लाका सरकारी हाकिमलाई पनि आवतजावतमा सहयोग पुगेको छ। दुनै पुग्दा डिआइजी पार्वती थापाले पनि कालागौंडासम्म ट्र्याक्टरबाट यात्रा गरेको बुढा सुनाउँछन्।

जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारीलगायत जिल्लाका वरिष्ठ सरकारी अधिकारीले आफ्नो ट्र्याक्टरमा यात्रा गरेको सुनाउँदा उनी गर्व महसुस गर्छन्। सामान ओसार्दामात्र हो, मानिस ओसार्दा त उनी भाडा लिँदैनन्।

‘ट्र्याक्टर चढेको भाडा कसैसँग लिन्नँ,’ उनले भने। उनका अनुसार धेरै कर्मचारी दुनैदेखि जुफाल-९ मोतीपुर हुँदै ट्र्याक्टरबाट जुफाल विमानस्थलसम्म पुग्छन्।

‘यातायात सञ्जालसँग सदरमुकाम जोडिएको छैन,’ डोल्पाका प्रमुख जिल्ला अधिकारी दिल तामाङले भने, ‘पहाडमा जन्मेकाले हिँड्न खासै गाह्रो लाग्दैन। जिल्ला बाहिर आउँदा सदरमुकामबाट ट्र्याक्टर चढ्ने गर्छु।’

दुनै वरिपरि करिब १५ किलोमिटर ट्र्याक्टर गुड्ने गरेको छ।

नेपालगन्जबाट सुर्खेत पु¥याएपछि हेलिकोप्टरबाट धुपीचौर झारेर ट्र्याक्टर दुनै पु¥याएको उनी सम्झन्छन्। ‘ट्र्याक्टर हेर्न बालबालिका र वृद्धवृद्धा धुइरिएका थिए,’ चालक हस्तबहादुर बुढाले भने, ‘मेला नै लागेको थियो।’

जुफालसम्म त अरू ट्र्याक्टर पु¥याइएका थिए। तर दुनैमा एक्लो बुढाको ट्र्याक्टरकै एकाधिकार छ। काम भ्याई-नभ्याई। दैनिक १५ देखि २५ हजारसम्म ट्यााक्टरबाट कमाइ हुन थालेको उनले बताए।

दुनै पुग्ने सडकको हालत नाजुक छ। त्यसैले उनले विभिन्न स्थानमा तारजाली हालेका छन्। ढुंगा बिछ्याएका छन्। ‘ट्याक्टर गुड्ने सडक त बनाउनै प¥यो नि,’ उनले भने। दुनैमा अब जिप गुडाउने सपना छ उनको। २०६० सालमा खच्चडबाट दुनैमा सामान ढुवानी गर्ने क्रममा उनी पहिलोपटक डोल्पा छिरेका हुन्। दुनै आसपासरमा उनी बा४७प ३३५३ नम्बरको मोटरसाइकल गुडाउँछन्। बुढा थप्छन्, ‘मोटरसाइकल वा ट्र्याक्टर बिग्रियो भने समस्या छ। प्लेन चढाएर मिस्त्री ल्याउनुपर्छ।’

सवारीसाधन दुनै भि¥याएकोमा केही स्थानीय उनीप्रति रुष्ठ पनि छन्। ‘बाहिरको मान्छे आएर गाडी चलाउने भनेर रिस गर्छन्,’ उनले तीतो पोखे। त्यसो त उनले पैसा धेरै भएर यो रहर गरेका होइनन्। ‘महिनाको ५० हजार किस्ता तिर्नुपर्छ,’ उनले निधार खुम्चाउँदै भने, ‘अब ३ लाख तिरे चुक्ता हुन्छ।’ ढुंगा बोकेको प्रतिट्रिप २ देखि ४ हजार रुपैयाँ लिने गर्छन् उनी। ट्र्याक्टरका लागि इन्धन भने उनी खच्चडलाई बोकाएर ल्याउँछन्।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.