Daily Archives: 29/11/2012

किराँत याक्थुङ चुम्लुङ् कुवेतको प्रथम अधिवेशन नोवेम्बर ३० मा हुने


शिव पौडेल, कुवेत

किराँत याक्थुङ चुम्लुङ् कुवेतको प्रथम अधिवेशनका लागि नेपाल किराँत याक्थुङका केन्द्रिय अध्यक्ष उत्तम सिंह थाङ्देन हिजो बेलुक ८:३० बजे कुवेत आउनु भएको छ। सिंह लाई कुवेतमा रहेका लिम्बुहरुले भब्य स्वागत गरेका थिए । तदर्थ समितीका सम्योजक शिव सुब्बा मेन्याङ्बोको नेत्रित्वमा बिमान स्थाल पुगेको टोलिले नेता थाङ्देनलाई पुष्प गुच्छा दिदै खादा ओडाएर स्वागत गरेका थिए । बिमान स्थलमा शिव सुब्बा, दुर्गा लिम्बु, अरुण सुब्बा, प्रेम सुब्बा, देबी सुब्बा, बिष्णु सुब्बा, राहुल सुब्बा र कुवेतका अन्य सँघ -संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिले दिएको समय आज सकिदै, फेरि थप्ने तयारी


१४ मंसिर, काठमाण्डौं । सहमतिका आधारमा नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरुको नामावली पेश गर्न राष्ट्रपति डा. रामबरण यादवले दिएको सात दिने समयसीमा आज सकिदै छ ।राष्ट्रपतिले दिएको सात दिनको समय एकपटक पनि ठोस छलफल नगरि बिताएका दलहरु राष्ट्रपतिसमक्ष पुनः म्याद थपका लागि आग्रह गर्ने तयारीमा छन् । पढ्नेक्रम जारी राख्नुहोस्

ट्र्याक्टर किन्न १२ लाख, हेलिकप्टरबाट गाउँ पुर्‍याउन साढे १० लाख भाडा


दिनेश गौतम, दुनै (डोल्पा), मंसिर १४ -१२ लाख रुपैयाँमा किनेको ट्र्याक्टर गाउँ पुर्‍याउन उनलाई भाडामात्र साढे १० लाख लाग्यो। सल्यान, कालागाउँ- ४ का जनकबहादुर बुढाले नेपालगन्जबाट हेलिकप्टर चार्टर गरेर ट्र्याक्टर हिमाली जिल्ला डोल्पा सदरमुकाम दुनै पुर्‍याएपछि दुनैवासीका दुःख घटेको छ। २०६८ फागुन २४ गते पहिलोपटक सदरमुकाम झारिएको यातायात साधन भे१त ४४६३ ले अहिले सामान पनि बोक्छ, मान्छे पनि ओसार्छ। पढ्नेक्रम जारी राख्नुहोस्

‘राजीनामा थमाएँ, राष्ट्रपतिले लिनुभएन’


उजिर मगर/दिलीप पौडेल, मंसिर १४ – प्रधानमन्त्री बाबुराम भट्टराईले आफूले राष्ट्रपति रामवरण यादवसमक्ष पदबाट राजीनामा दिए पनि उनले अस्वीकार गरेको खुलासा गरेका छन्। प्रतिपक्षी दलहरू अलमलमा परेको औंल्याउँदै प्रधानमन्त्री भट्टराईले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमति सरकार बन्ने सम्भावना पनि औंल्याए। बागलुङ, बुर्तिबाङमा बुधबार एकीकृत सेवा केन्द्र उद्घाटन गर्न आएका प्रधानमन्त्री भट्टराईले नागरिकसँग भने, ‘मंसिर ७ गते राजीनामा लिएर राष्ट्रपतिकहाँ गएँ। उहाँले राजीनामा नदिनुस्, सहमति गरेर आउनुहोस् भन्नुभयो। राजीनामापत्र अझै सुरक्षित राखेको छु।’ प्रतिपक्षीहरू सहमतिमा आउन नचाहेकाले राजनीतिक गतिरोध ज्युँकात्युँ रहेको उनको भनाइ छ।  पढ्नेक्रम जारी राख्नुहोस्