राष्ट्रपतिले बहुमतीय सरकारको आह्वान नगर्ने


१३ मंसिर, -राष्ट्रपति डा. रामवरण यादवले अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतीय प्रधानमन्त्रीको नाम सिफारिस गर्न दलहरुलाई आह्वान गर्नुभएको म्याद भोलि सकिँदैछ । तर, दलहरुले सहमतिमा प्रधानमन्त्री चयन गरेनन् भने राष्ट्रपतिले संविधानको यो धाराभन्दा अघि नबढ्ने हुनुभएको छ । ‘राष्ट्रपतिज्यू आफैं बहुमतीय सरकारको आह्वान गर्ने बाटोमा जानुहुन्न, उहाँ धारा ३८ (१) मै रोकिनुहुन्छ । धारा ३८ (२) का आधारमा बहुमतीय सरकारको आह्वानतर्फ उहाँ जानुहुन्न ।’-राष्ट्रपति यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहाललेअनलाइनखबरसँग भन्नुभयो ।’बरु संक्रमणकाल लम्बिन्छ, तर राष्ट्रपतिज्यू संविधानको ३८ (१) बाट अगाडि बढ्न इच्छुक हुनुहुन्न । दलहरु नै बहुमतीय सरकारमा गए भने बेग्लै कुरो, तर राष्ट्रपति आफैं त्यसतर्फ जानुहुनेछैन ।’-दहालले भन्नुभयो ।
अन्तरिम संविधानको धारा ३८ (१) अनुसार दिइएको म्यादभित्र सहमतिको प्रधानमन्त्री चयलन हुन नसके बहुमतीय आधारमा प्रधानमन्त्रीको निर्वाचनका लागि राष्ट्रपतिले आग्रह गर्ने धारा ३८ (२) मा व्यवस्था छ । तर, राष्ट्रपतिले बहुमतीय आधारमा सरकार गठनको आह्वान नगर्ने हो भने सहमतिमा प्रधानमन्त्री चयन नभएको खण्डमा बाबुराम भट्टराईले अझै केही समय बालुवाटार बस्नुपर्ने हुन सक्छ । तर, भोलिसम्म प्रधानमन्त्रीमा सहमति भएमा बुहमतीय धारा प्रयोग गर्ने वा नगर्ने भन्ने प्रश्नै उब्जँदैन ।

2 responses to “राष्ट्रपतिले बहुमतीय सरकारको आह्वान नगर्ने

  1. प्रधानमन्त्री छान्नका लागि राष्ट्रपतिको आह्वानलाई स्वीकारेर दलहरु छलफलमा जुटे पनि नयाँ प्रधानमनत्रीले के-के काम गर्ने र राष्ट्रलाई कसरी निकास दिने भन्ने’bout दलहरु अझै सहमतिमा पुगिहाल्ने देखिँदैन । अबको साता कसले सरकारको नेतृत्व गर्ने भन्ने सहमति त होला तर अन्य मन्त्री पद र मधेस एवं संघीयताको मुद्दामा कसरी सहमति होला ?

  2. प्रधानमन्त्री छान्नका लागि राष्ट्रपतिको आह्वानलाई स्वीकारेर दलहरु छलफलमा जुटे पनि नयाँ प्रधानमनत्रीले के-के काम गर्ने र राष्ट्रलाई कसरी निकास दिने भन्ने’bout दलहरु अझै सहमतिमा पुगिहाल्ने देखिँदैन । अबको साता कसले सरकारको नेतृत्व गर्ने भन्ने सहमति त होला तर अन्य मन्त्री पद र मधेस एवं संघीयताको मुद्दामा कसरी सहमति होला ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.