चुरेको संरक्षण र चुरेवासीको संरक्षणका लागि अभियान सुरु


 

 

महेश्वर अधिकारी  बारा, १३ मंसिर राष्ट्रिय भुमीअधिकार मञ्चले चुरेको संरक्षण र यस क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दाहरुको हक, अधिकार कायम गर्न जनजागरण अभियान संचालन गर्ने भएको छ ।
भुमिअधिकार मञ्चले बुधवार बाराको निजगढमा पत्रकार सम्मेलनको आयोजना गरी चुरे संरक्षणकोलागि जागरण अभियान संचालन गर्न लागेको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा मञ्चका बारा जिल्ला अध्यक्ष रमेश सापकोटाले अभियान अन्तरगत चुरे क्षेत्रको बसोबास सम्वन्धि तथ्यांक संकलन, सार्वजनक स्थानहरुमा चेतनामुलक नारासहित भित्ते लेखन, भुमी अधिकार यात्रा र स्थानीय राजनितिक दलका प्रनिधिहरुसंग अन्तरक्रिया जस्ता कार्यक्रम संचालन गर्ने जानकारी दिए । मञ्चले आगामी पौष १५ गते राष्ट्रपति रामबरण यादवसंग भेट गरी चुरे संरक्षण र स्थानीयबासिन्दाहरुको समसस्याहरुको ’boutमा जानकारी गराउने समेत सो अवशरमा जानकारी गराइएको छ ।
मञ्चकी केन्द्रीय सचिव सरस्वती सुब्बाको उपस्थितिमा भएको सो कार्यक्रममा मञ्चको बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिन्धुली जिल्ला अध्यक्ष र अधिकारकर्मीहरुकोसमेत सहभागिता रहेको थियो ।
Source: sakaratmaksoach National weekly 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.