भुमिअधिकार मञ्चले बुधवार बाराको निजगढमा पत्रकार सम्मेलनको आयोजना गरी चुरे संरक्षणकोलागि जागरण अभियान संचालन गर्न लागेको जानकारी गराएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, नेपाल समाचार, सन्देश
१३ मंसिर, -राष्ट्रपति डा. रामवरण यादवले अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतीय प्रधानमन्त्रीको नाम सिफारिस गर्न दलहरुलाई आह्वान गर्नुभएको म्याद भोलि सकिँदैछ । तर, दलहरुले सहमतिमा प्रधानमन्त्री चयन गरेनन् भने राष्ट्रपतिले संविधानको यो धाराभन्दा अघि नबढ्ने हुनुभएको छ । ‘राष्ट्रपतिज्यू आफैं बहुमतीय सरकारको आह्वान गर्ने बाटोमा जानुहुन्न, उहाँ धारा ३८ (१) मै रोकिनुहुन्छ । धारा ३८ (२) का आधारमा बहुमतीय सरकारको आह्वानतर्फ उहाँ जानुहुन्न ।’-राष्ट्रपति यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहाललेअनलाइनखबरसँग भन्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
उजिर मगर/दीलिप पौडेल, बाग्लुङ, मंसिर १३ – प्रधानमन्त्री बाबुराम भट्टराईले कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा रहने संवैधानिक व्यवस्था हुँदाहुँदै राष्ट्रपतिलाई उकास्नाले राम्रो परिणाम नआउनेतर्फ सजग गराएका छन्। ‘कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा हुँदाहुँदै राष्ट्रपतिलाई उकास्ने काम अनावश्यक हो,’ धवलागिरी अन्चल अस्पतालमा भएको कार्यक्रममा सहभागी हुन बाग्लुङ पुगेका प्रधानमन्त्रीले भने, ‘तत्कालीन राजा ज्ञानेन्द्रलाई त्यसरी नै उकास्दा राजतन्त्र बढारिएको इतिहास साक्षी छ। गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिलाई विवादमा तान्ने काम नगरौँ, उहाँलाई सम्मानित रुपमा राख्नुपर्छ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
मंसिर १३ – लागू औषध मुद्दामा तारिख खेप्दै गरेका पूर्व युवराज पारस शाह थाइल्यान्डको पर्यटकीय शहर फुकेटको एउटा होटलबाट महिलासहित पक्राउ परेको खुलासा भएको छ। थाई वेबसाइट ब्याङ्कक पोस्ट र द फुकेट न्युजले स्थानीय प्रहरीलाई उद्धृत गर्दै आफ्नो अनलाइन संस्करणमा दिएको जानकारी अनुसार पारस एक रात जेल पनि बसेका थिए। प्रहरीले पारससँगै पक्राउ परेकी महिलाको परिचय भने खुलाएको छैन। कोठामा पुरुष र महिलाबीच झगडा चर्किएपछि होटल व्यवस्थापनले प्रहरी डाकेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार