Daily Archives: 25/11/2012

प्रधानमन्त्रीलाई किन फाप्दैन बालुवाटार ?


ज्योतिष भन्छन् -जो पस्यो, ऊ बिग्रयो
१० मंसिर, १५ महिनाअघि डा. बाबुराम भट्टराई बालुवाटार छिर्नुअघि धेरैले ठानेका थिए-’अब देशमा केही हुन्छ ।’ अरुले मात्र होइन, प्रधानमन्त्री चुनावका बेला भट्टराईलाई भोट नहालेका कांग्रेस, एमालेका धेरै नेतालाई समेत भट्टराईले केही गर्लान् भन्ने विश्वास थियो । जनताको आशा, चाहना र विश्वाससँगै संविधानसभाबाट आवश्यक मत बटुलेर भट्टराई ०६८ भदौ ११ मा प्रधानमन्त्री हुनुभयो र बालुवाटार सर्नुभयो । जनभावनाअनुसार काम गर्छु भनेर नीति तथा कार्ययोजना पनि बनाउनुभयो तर, हुँदै जाँदा पहिलेका प्रधानमन्त्री जस्तै उहाँबाट पनि जनताले खोजे र रोजेजस्तो पाएनन् । आखिर किन फापेन डा. बाबुरामलाई बालुवाटार ? पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक


काठमाडौं, मंसिर १० – प्रधानमन्त्री बाबुराम भट्टराईले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्। सत्तारुढ गठबन्धनले राष्ट्रपतिलाई आफ्नो कदम सच्याउन आग्रह गरेको सन्दर्भमा आज मध्यान्ह १२ बजे सिंहदरबारमा मन्त्रिपरिषद विशेष बैठक बोलाइएको प्रधानमन्त्रीका निजी सचिव विश्वदीप पाण्डेले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

पाँचथरको च्याङ्गथापु बजारमा भीषण आगलागी, १३ घर नष्ट


एक बालिकाको मृत्यु, सात करोडको क्षति-
भीम चापागाईं, इलाम, मंसिर १०- पाँचथरको विकट क्षेत्रमा पर्ने च्याङथापु बजारमा गएराति भीषण आगालागी भएको छ। आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ।  च्याङथापु गाविस-९ मा पर्ने बजारका १३ घर जल्दा स्थानीय भक्तिप्रसाद बेघाकी ११ वर्षीया छोरी सोनियाँ बेघाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ। प्रहरीका अनुसार राति साढे ११ बजेतिर शुरु भएको आगलागीबाट च्याङथापु बजारका रामकुमार नुगो, डम्बरकुमार वेघा, प्रेम संग्रौला, महेन्द्र बेघा, खड्ग गुरुङ, भीम गौतम, राजेन्द्र गुरुङ, कृष्ण राई, राजन राई र गंगा राईको घर जलेका हुन्। आगो नियन्त्रणका क्रममा बालिकाको शव फेला परेको प्रहरीले बताएको छ। पढ्नेक्रम जारी राख्नुहोस्