राष्ट्रपतिले प्रधानमन्त्रीलाई पत्र नपठाएकोमा एमाओवादी रुष्ट


सत्तारुढ गठबन्धनको बैठक ४ बजे-
प्रकाश तिमल्सिना, काठमाडौं, मंसिर ९- राष्ट्रपतिले सहमतीय सरकारका लागि आह्वान गरेपछि सत्तारुढ संघीय लोकतान्त्रिक गठबन्धनको बैठक एकीकृत माओवादीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बोलाइएको छ। ४ बजेका लागि बोलाइएको बैठकमा भट्टराई सरकारलाई समर्थन गर्ने २१ दलको उपस्थिति रहने जनता दल युनाइटेडका अध्यक्ष किरण कुमार मगरले बताए।

‘राष्ट्रपतिको आह्वानलाई गठबन्धनले कसरी हेर्ने, के गर्ने भन्ने ’boutमा निर्णय गर्न बैठक बोलाइएको हो’, उनले भने- ‘त्यसपछि मात्रै गठबन्धनको औपचारिक धारणा बाहिर आउनेछ।’ गठबन्धन बैठकको तयारीका लागि सचिवालयको बैठक बसिरहेको छ।

यसैगरी राष्ट्रपतिले ७ दिनको समय सीमा तोकी सहमतीय सरकार गठन गर्न आह्वान गरिएको पत्र प्रधानमन्त्रीलाई नदिइ मुख्य सचिवलाई पठाएकोमा एकीकृत माओवादी रुष्ट भएको छ। ‘राष्ट्रपतिले प्रधानमन्त्रीलाई पत्र नलेखी मुख्य सचिवलाई पठाउनु भएकाले पनि हामीलाई अचम्म लागेको छ’, प्रवक्ता अग्नि सापकोटाले शनिबार आयोजित नियमित पत्रकार भेटघाटमा भने- ‘यसले कतै नराम्रो संकेत त गरिरहेको छैन भन्ने पार्टीले शंका गरेको छ।’

उनले राष्ट्रपतिको आह्वानलाई अझै पनि ‘पर्ख र हेर’को स्थितिमा पार्टीले लिएको बताए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.