जय आले, कुवेत
कुवेतको स्विडिश कम्पनिमा कार्यरत नेपालीहरुले गत हप्ता (१६ नोभेम्बर) देखी आयोजना गरेको “नक आउट सुपर च्यालेन्ज कप अन्तर नेपाली फुटबल टुर्नामेण्ट-२०१२” हिजो २३ नोभेम्बरका दिन भब्य रुपमा सम्पन्न भएको छ ।
क्वार्टर फाईनल देखिका सम्पूर्ण खेलहरु बाँकी रहेको सो टुर्नामेण्ट हिजो अपरान्ह १२ बजेदेखी नै शुरुवात गरिएको थियो भने क्वार्टर फाईनलको पहिलो खेल पुर्वेली टाइगर र युनिक नेपाल बिच अति नै प्रतिश्पर्धात्मक शैलिमा भएको र दुवै टिमहरुले निर्धारित समयमा १-१ गोलको बराबरी स्कोर ल्याएकाले आयोजकले थप १० मिनटको प्लस टाईम खेल खेलाएको थियो भने सो टाइममा पुर्वेली टाईगरले थप १ गोल गर्न सफल भई सेमिफाईनलमा प्रवेश गरेको थियो । यसैगरी सेमिफाइनलको दोश्रो खेल क्रेज नेपाल र जासिम टिम बिच हुँदा क्रेज नेपालले ० को बिरुद्द जासिमलाई ३ गोल गर्दै सेमिफाईनलको यात्रा तय गर्यो ।
यस्तै सेमिफाईनलको पहिलो खेलमा आयोजक टिम स्विडिश-ए र पुर्वेली टाईगर भिडेका थिए जसमा पहिलो र दोश्रो हाफ दुवै टिमहरु गोल रहित नै रहे भने १० मिनटको प्लस टाईम खेलमा पुर्वेली टाइगरले १ गोल गर्न सफल भयो भने उक्त गोल नै निर्णायक गोल बन्न पुग्यो र पुर्वेली टाईगरले फाईनलको यात्रा तय गर्यो । यस्तै, सेमिफाईनलको दोश्रो खेलमा प्रबासी नेपाल र क्रेज नेपाल बिच घमासान प्रतिश्पर्धा भएको थियो । जसमा प्लस टाईम खेलसम्ममा दुवै टिमले २-२ गोल गर्न सफल भएकोले पेनाल्टी शुट आउटको आधारमा हारजित गराईएको थियो । पेनाल्टिमा क्रेजले प्रबासीलाई ३ को बिरुद्द ४ गोल गरेर फाईनलमा प्रवेश गरेको थियो ।
यसैगरी फाईनलमा प्रवेश गर्न सफल भएका दुई सशक्त टिमहरु पुर्वेली टाईगर र क्रेज नेपाल बिच फाईनल खेलमा प्रतिश्पर्धा हुँदा सबैलाई हराउँदै आएको पुर्वेली टाईगरको भने क्रेज नेपालसँग नराम्रो पराजय भएको छ । क्रेज नेपालले पुर्वेली टाईगरलाई ० को बिरुद्द ४ गोलहरु बर्षाउँदै नक आउट सुपर च्यालेन्ज कप आफ्नो कब्जामा लिएको छ भने टाईगर टिम उप-बिजेतामै सिमित रह्यो ।
स्विडिश कम्पनीका जनरल म्यानेजर श्री आसद आलम र टुर्नामेण्टका प्रायोजक युएई एक्सचेन्ज कुवेतका कन्ट्री हेड श्री पान्सिली भार्कीद्वारा बिजेता र उप-बिजेता टिमहरुलाई पुरस्कार वितरण गरिएको थियो । आयोजकबाट बिजेता टिमलाई खसी, कप, मेडल र प्रमाण-पत्र दिईएको थियो भने उप-बिजेता टिमलाई कप, मेडल र प्रमाण-पत्र प्रदान गरिएको थियो यसैबिच टुर्नामेण्ट बिजेता क्रेज नेपालले आफ्नो तर्फबाट समेत टुर्नामेण्टको उप-बिजेता बन्ने टिमलाई खसी उपहार दिने शुरु देखी नै घोषणा गरेकोले उप-बिजेता टिम पुर्वेली टाईगरलाई क्रेजको तर्फबाट खसी उपहार दिईयो भने टुर्नामेण्टको प्रायोजक युएई एक्सचेन्ज कुवेतले बिजेता टिमलाई बम्पर उअपहार तथा युएई एक्सचेन्जको टिसर्ट प्रदान गरेको थियो ।
१० टिमहरुले सहभागीता जनाएको टुर्नामेण्ट अत्यन्तै सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएकोले यस टुर्नामेण्टमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पुर्याउनु हुने कुवेतस्थित सम्पूर्ण नेपाली सँघ-संस्थाहरु, पत्रकारहरु लगायत अत्याधिक खेलप्रेमी कुवेतवासी नेपालीहरुलाई संयोजक मोहन राईले खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिन चाहन्छु भन्नु भयो । खेलको आयोजना गर्न र यत्रो ठुलो नेपाली जमात बिच खेल खेलाएर सफल पार्नु निकै कठिन रहेको अनुभव सुनाउँदै संयोजक राईले भविष्यमा कुनै पनी नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा स्विडिशले भरपुर सहयोग गर्ने प्रतिबद्दता जाहेर गर्दै टुर्नामेण्ट सम्पन्न शुवैखको हरियो दुँबोयूक्त खेल मैदानको भविष्यमा कुनै पनि नेपाली समुदायलाई आवश्यक परेमा आफु कुरा गर्न जाने बताउनु भयो ।
टुर्नामेण्टका केही झलक (फोटो ठुलो साईजमा हेर्न फोटोमै क्लिक गर्नुहोला):
फोटो सौजन्य: धर्मराज गिरी – President, MESC