प्रचन्डले राष्ट्रपतिलाई सोधे- हिजोको कदम सकारात्मक कि नकारात्मक ?


बालकृष्ण अधिकारी, काठमाडौं, मंसिर ९  – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिले सहमतिका लागि गरेको आहृवान सकारात्मक भएको जनाएका छन् । आज विहान शीतल निवासमा राष्ट्रपति रामवरण यादवलाई भेटेर उनले सहमतिको लागि कदम चालिएको भए कदम सकारात्मक भएको टिप्पणी गरेका छन् । उनले हिजो राष्ट्रपतिले सहमतिय सरकारको लागि गरेको आह्वानलाई आफ्नो पार्टीले असंवैधानिक भनेको जानकारी राष्ट्रपितलाई गराए ।
राष्ट्रपतिले ७ दिनभित्र प्रधानमन्त्रीको नाम सिफारिस गर्न हिजो दलहरुलाई आहृवान गरेकोमा एमाओवादीको आज बिहान बसेको पदाधिकारी बैठकले आपत्ति प्रकट गरेको थियो ।

पदाधिकारी बैठकलगत्तै शीतल निवासमा राष्ट्रपतिसँग भेट गरेपछि बाहिरिएका दाहालले पत्रकारसँग भने, ‘सहमतिकै लागि हो भने सकारात्मक छ । कार्यकारी अधिकार आफै लिने हो भने खेदजनक छ ।

उनले राष्ट्रपतिलाई आह्वान गर्नुको कारण के हो भनेर सोधेको पनि बताए । ‘आह्वानको अर्थ के हो? भनेर मैले सोधेँ,’ उनले भने।

तर राष्ट्रपति यादवले अध्यक्ष प्रचन्डलाई दलीय सहमति बिना आफूले कुनै पनि कदम नउठाउने जानकारी गराएका थिए । ‘सहमतिय सरकारका लागि आह्वान गरेको सहमति नै होस् भनेर हो,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै प्रचन्डले भने ।

राष्ट्रपतिले मुलुक शुन्यतामा नजाओस र छिटो निकास पाओस् भनेर हिजोको कदम आएको प्रचन्डलाई भनेका थिए । ‘राष्ट्रपतिले म केही गर्दिन र राजनीतिक दलले नै समस्याको हल गर्ने हो’ भनेर भनेका पनि प्रचन्डले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.