Daily Archives: 24/11/2012

स्विडिशको “नक आउट सुपर च्यालेन्ज कप क्रेज नेपालको कब्जामा” फाईनलमा गोलको बर्षा.. (फोटो फिचरसहित)


जय आले, कुवेत

कुवेतको स्विडिश कम्पनिमा कार्यरत नेपालीहरुले गत हप्ता (१६ नोभेम्बर) देखी आयोजना गरेको “नक आउट सुपर च्यालेन्ज कप अन्तर नेपाली फुटबल टुर्नामेण्ट-२०१२” हिजो २३ नोभेम्बरका दिन भब्य रुपमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

छोरीले खोसिन् आफ्नै आमाको लोग्ने


आमा छोरीको पवित्र नाता हुन्छ भन्ने मान्यतामा दरार आउने गरि चीनमा एक अनौठो घटना सार्वजनिक भएको छ । १६ वर्षीया एक युवतीले आफ्नी आमासँग उनको श्रीमान मात्र खोसिनन्, उनको बच्चाको आमा पनि बनेकी छिन् । यति मात्र हैन, उनले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै आमाले प्रहरीमा उजुरी समेत दिएकी छिन् । जियाङ्गजी राज्यको ग्वान्झाओ शहरमा बस्ने फेंगटिंग करिब २ वर्षदेखि आफ्नो सौतेनी बाबु ३४ वषर्ीय लियु गुओचांगसँग प्रेममा थिइन् । यसक्रममा उनले एक बच्चासमेत जन्माएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रचन्डले राष्ट्रपतिलाई सोधे- हिजोको कदम सकारात्मक कि नकारात्मक ?


बालकृष्ण अधिकारी, काठमाडौं, मंसिर ९  – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिले सहमतिका लागि गरेको आहृवान सकारात्मक भएको जनाएका छन् । आज विहान शीतल निवासमा राष्ट्रपति रामवरण यादवलाई भेटेर उनले सहमतिको लागि कदम चालिएको भए कदम सकारात्मक भएको टिप्पणी गरेका छन् । उनले हिजो राष्ट्रपतिले सहमतिय सरकारको लागि गरेको आह्वानलाई आफ्नो पार्टीले असंवैधानिक भनेको जानकारी राष्ट्रपितलाई गराए । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिले प्रधानमन्त्रीलाई पत्र नपठाएकोमा एमाओवादी रुष्ट


सत्तारुढ गठबन्धनको बैठक ४ बजे-
प्रकाश तिमल्सिना, काठमाडौं, मंसिर ९- राष्ट्रपतिले सहमतीय सरकारका लागि आह्वान गरेपछि सत्तारुढ संघीय लोकतान्त्रिक गठबन्धनको बैठक एकीकृत माओवादीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बोलाइएको छ। ४ बजेका लागि बोलाइएको बैठकमा भट्टराई सरकारलाई समर्थन गर्ने २१ दलको उपस्थिति रहने जनता दल युनाइटेडका अध्यक्ष किरण कुमार मगरले बताए। पढ्नेक्रम जारी राख्नुहोस्