अ.ने.सा.स कोलोराडो द्वारा १०३ औं स्व.महाकबि लक्ष्मी प्रशाद देवकोटा जयन्ती कार्यक्रम सम्पन्न


कोलोराडो प्रतिनीधी/डेन्भर,

नोभेम्बर १९ / अ. ने. सा. स. कोलोराडो च्याप्टरद्वारा १०३ औं स्व.महाकबि लक्ष्मी प्रशाद देवकोटा जयन्तीका साथै आचार्य प्रभाको गजल संग्रह “असह्य चित्कार” तथा कोलोराडोबासी लेखकहरुका रचनाहरुका सँगालो “साहित्य संगम”को बिमोचन र अ.ने.सा.स कोलोराडो च्याप्टरका नयाँ कार्यकारीणी समितीका पदाधिकारीहरुलाई पद हस्तान्तरण कार्यक्रम यही नोभेम्बर १८ तारिख आइेतबारको दिन भब्यताको साथ सम्पन्न भयो । कार्यक्रमलाई तीन चरणमा बाँडिएको थियो भने उक्त कार्यक्रमको संचालन अ.ने.सा.स कोलोराडो च्याप्टरका निबर्तमान उपाध्यक्ष केशब आचार्यले गर्नु भएको थियो । उक्त कार्यक्रमको सभापतिमा पदम विश्वकर्मा हुनुहुन्थ्यो । कार्यक्रमको प्रथम चरणमा आसन ग्रहणको कार्यक्रम थियो ।प्रमुख अतिथिमा बरिष्ठ गजलकार/कथाकार मनु ब्राजाकी हुनुहुन्थ्यो।अतिथिहरुमा भु.पु.केन्द्रिय अध्यक्ष तथा सल्लाहाकार ज्ञानेन्द्र गदाल,रक्की माउन्टैनका अध्यक्ष सुरेन्द्र श्रेष्ठ,बरिष्ठ गायिका मीरा राणा,सदस्य बोर्ड अफ ट्रष्ट्री डा.बिजय राज शर्मा हुनुहुन्थ्यो । कार्यक्रमको समुद्घाटन मनु ब्राजाकी ज्युले गर्नु भएको थियो । उक्त कार्यक्रमको साहित्यिक ढोका सबै अतिथी तथा सहभागीहरुबाट देवकोटाको तस्बिरमा माल्यार्पण गरेर खोलिएको थियो । स्व. देवकोटालाई सम्झने क्रममा गायिका मीरा राणा ज्यु र गायक तथा वाध्य बादक मनोज तुलाधारले देवकोटाद्वारा रचित “ इेश्वर तैंले रचेर फेरि कसरी बिगारिस्” बोलको गीत गाएर सम्पूर्ण सहभागीहरुलाइे मौन तुल्याउनु भएको थियो । साँच्चै नै उक्त गीत सुनेर देवकोटाको स्मरण झल्झली भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य तारा अधीकारीले गर्नु भएको थियो
अ.ने.सा.स. कोलोराडो च्यापटरका नव आगन्तुक पदाधिकारीहरुलाई स्वागत गर्दै रक्किमाउन्टैनका अध्यक्ष श्री सुरेन्द्र श्रेष्ठले छोटो मन्तब्य ब्यक्त गर्नु भएको थियो । सधैं झैं डा.बिजयराज शर्माज्युले देवकोटाप्रती श्रद्धान्जलीका शब्दहरु चढाउनु भएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा आचार्य प्रभाद्वारा संग्रहित गजल संग्रह “असह्य चित्कार”को बिमोचन बरिष्ठ गजलकार मनु ब्राजाकी ज्युले गर्नु भएको थियो भने आचार्य प्रभाले आफ्नो गजल संग्रह’bout केहि उद्गार पोख्नु भएको थियो । त्यसै क्रममा अर्को पुस्तक “कोलोराडो साहित्य संगम”को  पनी मनु ब्राजाकी ज्युले बिमोचन गर्नु भएको थियो । उक्त पुस्तकको ’boutमा राजु सिटौलाले केहि मन्तब्य दिनु हुँदै कोलोराडो च्याप्टरको दुई बर्षको प्रगती प्रतिबेदन पनि प्रस्तुत गर्नु भएको थियो । यसैगरी आर्थिक प्रतिबेदन सम्झना आचार्यले प्रस्तुत गर्नु भएको थियो । साहित्य संगमका आयोजकहरुलाइे भु.पु.केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदालज्युले प्रमाण पत्र बितरण गर्नु भएको थियो । सोही क्रममा प्रमुख निर्वाचन आयुक्त श्री रत्न भण्डारीले नव निर्वाचित पदाधिकारीहरुको घोषणा गर्दै परिचय दिनु भएको थियो ।

नव नियुक्त पदहरुमा अध्यक्ष आचार्य प्रभा,उपाध्यक्ष राजु सिटौला,महासचिव कपिलदेव सुबेदी र कोषध्यक्षमा सम्झना आचार्य हुनुहुन्छ । उक्त नव निर्वाचित पदाधिकारीहरुका तर्फबाट अध्यक्ष आचार्य प्रभाले छोटो मन्तब्य दिनु भएको थियो । पुर्व केन्द्रिय अ.ने.सा.स.अध्यक्ष ज्ञानेन्द्र गदाल ज्युले नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिनु भएको थियो ।
कार्यक्रमको तेश्रो चरणमा साहित्यनुरागी तथा लेखकहरुबाट मन्तब्य र रचना बाचन गरिएको थियो । आ-आफ्ना रचना बाचन गर्नु हुनेहरुमा डा.बिजय राज शर्मा,प्रमिला शर्मा,निर्मला शर्मा,साबु गदाल,तारा अधिकारी,सम्झना आचार्य, कुमारजंग कार्की,भिष्म प्रधान,कपिलदेव सुबेदी,ज्ञानेन्द्र गदाल,मनु ब्राजाकी,पदम विश्वकर्मा,प्रेम श्रेष्ठ,भुपेन्द्र महत,सरगम गदाल,श्रीराम लुइंटेल तथा आचार्य प्रभा हुनुहुन्थ्यो । उक्त कार्यक्रममा मन्तब्य दिनुहुने महानुभावहरुले बितेका दुई बर्षमा कोलोराडो च्याप्टरले जे जती गर्‍यो त्यस्को सर्‍हाना निबर्तमान अध्यक्ष पदम विश्वकर्मा तथा वहाँको सहकर्मी सबैलाई लाई जाने बताउनु भयो । कार्यक्रमको अन्त्यमा निबर्तमान अध्यक्ष पदम विश्वकर्मा ज्युले आफ्नो मन्तब्यमा धन्यवाद ज्ञापन गर्नु हुँदै नवआगन्तुक पदाधिकारीहरुलाई शुभकामना सहित च्याप्टरका सबै सामाग्रीहरु बर्तमान अध्यक्ष आचार्य प्रभालाई हस्तान्तरण गर्नु  भएको थियो । निबर्तमान अध्यक्ष पदम विश्वाकर्मालाई वहाँको कार्यकालमा वहाँले गर्नु भएको योग्दानकोनिम्ती सबैले नै सर्‍हाना गर्नु भएको थियो ।
यसरी बिभिन्न कार्यक्रमको साथमा १०३ औं देवकोटा जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम र पद हस्तान्तरण कार्यक्रम सफलता पूर्वक समापन भएको थियो । कार्यक्रमको अन्त्यमा भोजनको पनि ब्यवस्था गरिएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.