“तामाङ घेदुङ कुवेतको एक टोलीले फर्वानिया अस्पतालमा पुगी प्रत्यक्ष खबर संकलन गर्यो”
कुवेतनेपाल, एड्मिन
आफ्नो परिवारको सर-सल्लाहामा रोजगारिको लागि वर्ष २०६८ को माघ महिनामा कुवेत आइपुगेकी नुवाकोट निवासी राम बहादुर थिङकी श्रीमती दिलमाया मोक्तान घर मालिकको कुटपिटबाट बेहोस भई नौ महिनादेखी कुवेतको फर्वानिया अस्पतालमा उपचारार्थ रहेको र उनको दाहिने हात भाँच्चिएको साथै शरीरका अन्य भागहरुमा समेत चोटपटक लागेको समाचार प्राप्त भएको छ ।
कुवेतको फर्वानिया अस्पतालको वार्ड नं. २० को बेड नं. १४ मा उपचार गराइ रहेकी दिलमाया मोक्तानलाई बेहोस अवस्थामा अस्पताल ल्याइएको र तीन दिनपछी मात्र उनले आफु अस्पतालको शैयामा रहेको थाहा पाएको उनले बताएकी छिन । नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष राम लामा घलान, उपाध्यक्ष डुन्डुप तामाङ, महासचिव अमृत तामाङ र सदस्य बबिता तामाङ लगायतको टोलीले फर्वानिया अस्पतालमा गई उनको अवस्था ’bout जानकारी लिएको थियो भने आफुलाई भेट्न आएका घेदुङका पदाधिकारीहरुलाई आफुलाई छिट्टै नेपाल पठाउन पहल गरिदिन बिरामीले आग्रह गरेकी अध्यक्ष राम लामा घलानले कुवेतनेपाल डटकमलाई ईमेल मार्फत जानकारी दिनु भएको छ ।
१ छोरा र ३ छोरीकी आमा दिलमाया कामका लागि कुवेत आई कुवेतीको घरमा पुगेकै भोली पल्ट मालिकले हातपात गर्न खोजेको र आफुले अस्विकार गरेपछी कुटपिट गरेको उनले बताएकी छिन । कुटाइबाट बेहोस भएकी दिलमायाले आफुलाई कसले अस्पताल ल्यायो र भर्ना गरिदियो भन्ने समेत थाहा नभएको बताउँदै आफुलाई घर फर्काइदिन सम्बन्धित सबैलाई अनुरोध गरेकी छिन ।
यसै सन्दर्भमा नेपाल तामाङ घेदुङ कुवेतले नेपाली दुताबास कुवेत र कुवेतका सम्पूर्ण नेपाली सँघ-संस्थाहरु लगायत कुवेतको नेपाली समाजलाई सहयोगका लागि हार्दिक अपिल गरेको छ ।
दिलमाया दिदिको उपचार हुँदै गरेको कुरा सुन्दा धरै दु:ख लाग्यो । जहाँ म यस्ता कुरा सुन्छु ,पड्छु, देख्छु मलाई घरको भिसामा आउने दिदिबहिनीको आगमनमा रोक लगाउन माग गर्न मन लाग्छ । ”आत्मा सबैको एउटै हुन्छ धोका पाए जो रुन्छ बुझ्नेले मात्र बुझेको हुन्छ आसुको मोल कति हुन्छ । ”हाम्रा दिदिबहिनीहरूको दु:ख सुख यहाँका मान्छेले बुझ्दैनन भनेर सबैलाई आरोप लगाउन मिल्दैन तर अत्यधिक मान्छेले दु:ख दियेकोछ प्रकाशमा आउने भनेको त एकाएक मात्र हो । मैले यस्ता पत्रिकाहरुमा सम्बन्धित लेखमा आगमन बन्द गर्नु पर्छ भनेर कोमेन्ट्शरुमा लेखिरहेको छू । त्यसैले नेपाली दुतावास कुवैतमा क० माधव कुमार नेपाल सँग भेट हुँदा पनि ”मिल्छ सकिन्छ भने महिला दिदिबहिनीहरूको घरको भिसाको आगमनमा रोक लगाइ दिनुहोस् ”भनेको हो । मेरो भनाइ आउन बन्द गर्ने होईन कम्पनिहरुमा आउनु पर्छ । भरतवाट होईन बैधानिक रुपमै आउनु पर्छ नेपालबाट । घरमा काम गर्नेले अरु कम्पनीमा जाने ब्यब्स्था मिल्नु पर्छ। घरमा पुरै बन्द हुनु पर्छ यहा आएका दिदिबहिनीहरूको इज्ज्त सँग सिंगो नेपालको इज्ज्त जोडियेकोछ भन्दै दिलमाया दिदिको सिग्र स्वास्थ्य लाभको कामना गर्दछु । दिपक के० सी० कुवैत (इटहरि)
lhasso kuwait tamang ghedungma rahanu vayeka all unitylai. Yo ghatna dekhera sarai dukha lagyo ra hamro sewanai dharma ho ra yesto ghatna haru akhir kina hamrai tamang nana angaharuma matrai dekhana sunna parne? Ra aru kura testai ho ani yo kesh ko bare MBC le k action liyeko chha ta? Plz kaile ra kassari npl pathaune vanne matra nasonchi kana MBC lagayet hami sabai vayera yo keshko chanmin garera kuwatilai kasto action lina parchha ra kanunma k chha MBC bata chhanmin garaunu parchha. 1ta lai chhadne bittikai aru layanu ghatnaharu vairahanchha. So same philipinko MBCle jhain alik darro action lina mero tarfa bata Nepal MBClai agraha garda chhu.
Nepali dd Bhani haru ko kuwait ko lagi nai visa banda dinu par6….
Taipani mandai na yatika dhukha paya pani…..