निर्वाचनको मिति घोषणाविरुद्ध नेविसंघ आन्दोलित


६ मंसिर, सरकारले राजनीतिक दलहरुको सहमति विनानै निर्वाचनको मिति घोषणा गरेको बिरोधमा नेपाली काँग्रेसको भ्रातृसंगठन नेबिसंघले राजधानीका क्याम्पस अगाडि चक्का जाम तथा प्रदर्शन गरेको छ । सरकारले राजनीतिक दलहरुको सहमतिबिना एकलौटीरुपमा बजेट ल्याएको तथा नयाँ निर्वाचनको मिति घोषणा गरेको विरोधमा क्याम्पस अगाडि वुधवार विहान साढे ८ देखि ९ बजेसम्म प्रदर्शन गरिएको नेविसंघका अध्यक्ष रञ्जित कर्णले जानकारी दिनुभयो । बर्तमान सरकारले तत्काल राजीनामा दिनुपर्ने, सहमतिको सरकार निर्माण हुनु पर्ने, घोषणा गरिएको निर्वाचनको मिति फिर्ता लिनु पर्ने लगायतका माग नेविसंघले राखेको छ ।
यस्तै भोलि देश विहान ९ बजेदेखि विोध जुलुस गर्ने तथा प्रधानमन्त्री डा वावुराम भट्टराईको पुतला दहन कार्यक्रम रहेको कर्णले वताउनुभयो । यसअघि मंगलवार साँझ पनि नेविसंघले राजधानीका केही क्याम्पस अगाडी प्रदर्शन गरेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.