दुई घण्टा लगाएर अध्ययन गरेपछि बल्ल राष्ट्रपतिद्वारा बजेट स्वीकृत


काठमाडौं, मङ्सिर ६ – राष्ट्रपति रामवरण यादवले विपक्षीको विरोधबीच सरकारद्वारा प्रस्तुत सेवा र कार्यका लागि सञ्चित कोषबाट रकम झिक्ने तथा विनियोजन गरी खर्च गर्ने अध्यादेश स्वीकृत गरेका छन्। राष्ट्रपति कार्यालयले अध्यादेश स्वीकृत गर्नुभन्दा पहिले त्यसको अध्ययन गरेको थियो। राष्ट्रपतिका कानुनी तथा आर्थिक सल्लाहकार र मुख्यसचिव समेतको टोलीले अध्यादेश अध्ययन गरेको स्रोतको दाबी छ। ‘पहिलेभन्दा फरक छ कि छैन भनी दुई घन्टा लगाएर अध्यादेश अध्ययन गरिएको थियो,’ एक सरकारी अधिकारीले भने।अन्तरिम संविधानको धारा ८८ को उपधारा १ अनुसार राष्ट्रपति कार्यालयले अध्यादेश स्वीकृत गरेको हो।

सरकारले यसअघिको एक तृतीयांश बजेटबाट अयोग्य लडाकुलाई जनही दिने भनिएको २ लाखसाथै अनावश्यक रकम वितरणमा रोक लगाएर मात्र बजेट स्वीकृत गरेको स्रोतको दाबी छ। तर राति आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनले भने बजारको हल्ला वाहियात भन्दै बजेट जस्ताको तस्तै पास भएको दावी गरेका थिए।

मंगलबारको मन्त्रिपरिषद बैठकले सेवा र कार्यहरूका लागि सञ्चित कोषबाट रकम झिक्ने तथा विनियोजन गरी खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको थियो।
सरकारले राष्ट्रपति यादवलाई अध्यादेश स्वीकृतिका लागि पठाउनुअघि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका साथै प्रधानमन्त्री बाबुराम भट्टराई, अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपतिलाई छुट्टाछुट्टै भेटेका थिए।

राष्ट्रपतिलाई भेट्न दाहाल मंगलबार बिहान शीतल निवास पुगेका थिए। राष्ट्रपतिसँगको भेटमा दाहालले जारी राजनीतिक गतिरोधले छिट्टै निकास पाउने आश्वासन राष्ट्रपतिलाई गराएको स्रोतको दाबी छ।

सरकारले पठाएको अध्यादेश स्वीकृत हुनु जारी राजनीतिक निकासको सुरुआत भएको उच्च स्रोतको दाबी छ। ‘जारी राजनीतिक निकासका लागि माओवादी अध्यक्ष दाहालले ‘ब्रोकर’को काम गर्नुभएको छ,’ उच्च स्रोतले भन्यो, ‘बजेट सुरुआत हो, अब सरकारलगायत सबै विषयले छिट्टै निकास पाउनेछ।’

बजेट’bout राष्ट्रपतिसँग छलफल गर्न पुगेका प्रधानमन्त्री भट्टराईलाई राष्ट्रपतिले सहमति जुटाएर वैशाखमा निर्वाचन गराउन आग्रह गरेका थिए। ‘तपाईंकै नेतृत्वको सरकारले राष्ट्रिय सहमति जुटाएर निर्वाचन गरोस् भन्ने चाहन्छु, भएन भने पनि छिटो सहमतिको सरकार गठन गरेर निर्वाचन होस् भन्ने मेरो चाहना छ,’ राष्ट्रपतिलाई उद्धृत गर्दै अर्थमन्त्री पुनले भने।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.