यसै सन्दर्भमा प्ये ल्हु सँघ बाट जारी सूचना जस्ताको तस्तै:
श्रीमान् टीम क्यापटेन ज्यू,
विषय : भलिबल तथा ठेलो प्रतियोगितामा सहभागी भईदिने ’bout ।
उपरोक्त सम्बन्धमा यही आउँदो मिति २८.१२.२०१२ का दिन तमु प्ये ल्हु संघ कुवेतद्वारा तमु ल्होसार पर्वमा मुप्री ल्हो (गरुड वर्ग)लाई बिदाई र सप्री ल्हो (सर्प वर्ग)लाई स्वागत गर्दै तमु ल्होसारको पावन अवसरमा खुल्ला भलिवल प्रतियोगिता तथा ठेलो फाल्ने कार्यक्रम राखिएको हुनाले कुवेतमा कार्यरत खेलप्रेमी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु यस भलिवल र ठेलो प्रतियोगितामा उपस्थित भई खेलको सोभा बढाई दिनु हुन र तपाईको गरिमामय उपस्थितीको लागि अनुरोध गर्दछौं ।
भलिबल खेल स्थान र नियमहरु:
१) भलिबल प्रतियोगिता २८ डिसम्बर २०१२ (शुक्रवार) विहान ०७ः०० बजे देखि संचालन हुनेछ ।
२) टीम दर्ता शुल्क के.डी २० राखिएको छ ।
३) टीम दर्ता गराउने मिति ०७ डिसम्बर २०१२ (शुक्रवार) अपरान्ह ३ बजे र टाईसिट पनि सोहि दिन ४ बजे मालिया सिटी (पोष्ट अफिस अगाडिको पार्क) मा खोलिने छ ।
४) टीम दर्ता शुल्क टीम दर्ता गराउने समयमा नै उपलब्ध गराउनु पर्ने छ । टीम दर्ता शुल्क उपलब्ध नगराउने टीमलाई टाईसिटमा समावेश गरिने छैन् ।
५) प्रतियोगिता टिटि नियम बमोजिम वेस्ट अफ थ्रि को आधारमा खेलाईने छ ।
६) प्रतियोगिताको फाईनल खेल वेस्ट अफ फाइभ अनुसार खेलाईने छ ।
७) खेल अवधि भर रेफ्रिको निर्णय सर्वमान्य र अन्तिम निर्णय हुनेछ् ।
८) प्रतियोगितामा प्रत्येक म्यचमा ३ पटक भन्दा बढि टाइम आउट दिइने छैन् । टाईम आउटको समयावधि पहिलो टाइम आउट ३ मिनेटको, दोस्रो २ मिनेटको र तेस्रो १ मिनेटको दिईने छ ।
९) प्रत्येक टीमले आफ्नो खेलाडीको नेमरोल र टीम मेनेजर वा टीम क्यापटेनको आई.डि. कार्डको फोटो कपी टईसिटको दिन नै उपलब्ध गराउनु पर्ने छ ।
१०) प्रतियोगितामा प्रथम र दोस्रो टीमलाई खसी, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
११) खेल भरीकै उत्कृष्ट र अनुशासित खेलाडीलाई ट्रफी र प्रमाण–पत्र प्रदान गरिने छ ।
१२) प्रतियोगितामा भैपरि आउनसक्ने जस्तोः खेलाडीलाई हुन सक्ने चोटपटको जिम्मेवारी टीमले आफै लिनुपर्ने छ ।
१३) भलिबल प्रतियोगितामा मादक पदार्थ सेवन गरी आउने खेलाडी या दर्शक जो कोहिलाई पनि गेट बाट प्रवेश दिईने छैन् ।
१४) खेल सुरु हुने निर्धारित समय भन्दा १५ मिनेट अगावै खेल को मेनेजर, टीमक्यापटेन वा प्रतिनिधिले आयोजक समितिलाई जानकारी गराउनु पर्ने छ ।
ठेलो खेलको नियमहरु:
१) ठेलो हान्दा दौडेर (गिर गिरे तरिकाले) फालिने छ ।
२) ठेलो हान्ने व्यक्तिले ५०० फिल्सको टिकट काट्नु पर्ने छ ।
३) टिकट नकाटेका व्यक्तिलाई खेलमा समावेश गरिने छैन ।
४) एउटा खेलाडीले प्रत्येक चरणमा ५ चोटी सम्म ठेलो फाल्न पाउने छ ।
५) यस खेलमा पहिलो र दोस्रो हुने खेलाडीलाई आकर्षक पुरस्कार तथा फेटा द्वारा अबिर जात्रा बाट सम्मान गरिने छ ।
भलिबल खेल लाई दुई चरणमा खेलाईने छ । पहिलो चरणको खेल २८ डिसम्बर २०१२ (शुक्रवार) को दिन सेमिफाईनल सम्मको खेल खेलाईने छ भने दोस्रो चरणको खेल ४ जनवरी २०१३ (शुक्रवार) को दिन भलिवलको फाईनल खेल र ठेलो हान्ने खेल पनि सोही दिनमा खेलाईने छ र सोही दिन तमु प्ये ल्हु संघ द्वारा तमुहरुको महान चाड ल्होसार पर्व विविध संस्कृतिक कार्यक्रमका साथ कर्यक्रम हलमा मनाउने हुँदा यस भलिबल खेलको फाईनलको विजेता तथा उप–विजेताहरुलाई उक्त कार्यक्रममा स–सम्मानका साथ पुरस्कार वितरण गरिने छ । भलिबलका फाईनल खेल र ठेलो हान्ने खेलको भिडियो रेकर्डिङ गरिने छ । खेल हुने स्थान एस.डि.एफ.सी. जलिब क्याम्पको खेल मैदानमा । खेल मैदानमा प्रवेश गर्नु भन्दा अगाडी गेटमा आफ्नो नाम र कम्पनीको नाम राजिस्टरमा दर्ता गरेर मात्र प्रवेश दिईने छ ।
पुनश्च:
कृपया यस खेललाई मदिरा रहित र झै–झगडा नगरीकन सफल बनाई दिनुहुन आयोजक कमिटि हार्दिक अनुरोध गर्दछ ।
सम्पर्क:
संयोजक – डिक पर्जु तमु ५५६३०४१७
रुद्र के.सी. – ९९३५५१०८
सह–संयोजक – अमरजंग गुरुङ्ग – ५५१७२००२
केश ब. गुरुङ्ग – ६५७२६०६४
नोक ठकुरी – ५०२९१२७२