Daily Archives: 21/11/2012

मालिकको कुटाईबाट बेहोश भएकी दिलमाया नौ महिनादेखी कुवेतको फर्वानिया अस्पतालमा


“तामाङ घेदुङ कुवेतको एक टोलीले फर्वानिया अस्पतालमा पुगी प्रत्यक्ष खबर संकलन गर्‍यो”

कुवेतनेपाल, एड्मिन

आफ्नो परिवारको सर-सल्लाहामा रोजगारिको लागि वर्ष २०६८ को माघ महिनामा कुवेत आइपुगेकी नुवाकोट निवासी राम बहादुर थिङकी श्रीमती दिलमाया मोक्तान घर मालिकको कुटपिटबाट बेहोस भई नौ महिनादेखी कुवेतको फर्वानिया अस्पतालमा उपचारार्थ रहेको र उनको दाहिने हात भाँच्चिएको साथै शरीरका अन्य भागहरुमा समेत चोटपटक लागेको समाचार प्राप्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तमु प्ये ल्हु सँघ कुवेतले भलिवल तथा ठेलो फाल्ने प्रतियोगिताको आयोजना गर्दै..


यसै सन्दर्भमा प्ये ल्हु सँघ बाट जारी सूचना जस्ताको तस्तै:  

श्रीमान् टीम क्यापटेन ज्यू,

विषय : भलिबल तथा ठेलो प्रतियोगितामा सहभागी भईदिने ’bout ।

उपरोक्त सम्बन्धमा यही आउँदो मिति २८.१२.२०१२ का दिन तमु प्ये ल्हु संघ कुवेतद्वारा तमु ल्होसार पर्वमा मुप्री ल्हो (गरुड वर्ग)लाई बिदाई र सप्री ल्हो (सर्प वर्ग)लाई स्वागत गर्दै तमु ल्होसारको पावन अवसरमा खुल्ला भलिवल प्रतियोगिता तथा ठेलो फाल्ने कार्यक्रम राखिएको हुनाले कुवेतमा कार्यरत खेलप्रेमी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु यस भलिवल र ठेलो प्रतियोगितामा उपस्थित भई खेलको सोभा बढाई दिनु हुन र तपाईको गरिमामय उपस्थितीको लागि अनुरोध गर्दछौं । पढ्नेक्रम जारी राख्नुहोस्

“Job Announcement”


A Leading International Financial Organization in Kuwait Invite applications for Nepalese Candidates for following Positions

  1. 1.     Business Development Executive
  2. 2.     Teller / Cashier

           Requirements:-

  1. 1.     Graduates preferably with experience in relevant fields
  2. 2.     Computer Literate and Good English Communication Skill
  3. 3.     Persons with transferable Visa (18 only). पढ्नेक्रम जारी राख्नुहोस्

निर्वाचनको मिति घोषणाविरुद्ध नेविसंघ आन्दोलित


६ मंसिर, सरकारले राजनीतिक दलहरुको सहमति विनानै निर्वाचनको मिति घोषणा गरेको बिरोधमा नेपाली काँग्रेसको भ्रातृसंगठन नेबिसंघले राजधानीका क्याम्पस अगाडि चक्का जाम तथा प्रदर्शन गरेको छ । सरकारले राजनीतिक दलहरुको सहमतिबिना एकलौटीरुपमा बजेट ल्याएको तथा नयाँ निर्वाचनको मिति घोषणा गरेको विरोधमा क्याम्पस अगाडि वुधवार विहान साढे ८ देखि ९ बजेसम्म प्रदर्शन गरिएको नेविसंघका अध्यक्ष रञ्जित कर्णले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

दुई घण्टा लगाएर अध्ययन गरेपछि बल्ल राष्ट्रपतिद्वारा बजेट स्वीकृत


काठमाडौं, मङ्सिर ६ – राष्ट्रपति रामवरण यादवले विपक्षीको विरोधबीच सरकारद्वारा प्रस्तुत सेवा र कार्यका लागि सञ्चित कोषबाट रकम झिक्ने तथा विनियोजन गरी खर्च गर्ने अध्यादेश स्वीकृत गरेका छन्। राष्ट्रपति कार्यालयले अध्यादेश स्वीकृत गर्नुभन्दा पहिले त्यसको अध्ययन गरेको थियो। राष्ट्रपतिका कानुनी तथा आर्थिक सल्लाहकार र मुख्यसचिव समेतको टोलीले अध्यादेश अध्ययन गरेको स्रोतको दाबी छ। ‘पहिलेभन्दा फरक छ कि छैन भनी दुई घन्टा लगाएर अध्यादेश अध्ययन गरिएको थियो,’ एक सरकारी अधिकारीले भने।अन्तरिम संविधानको धारा ८८ को उपधारा १ अनुसार राष्ट्रपति कार्यालयले अध्यादेश स्वीकृत गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

मुम्बई आक्रमणका दोषीलाई आज बिहान झुन्ड्याइयो


नयाँ दिल्ली, मंसिर ६ (एजेन्सी) – सन् २००८ मा मुम्बईमा आक्रमण गरेको आरोपमा भारतीय जेलमा रहेका लस्कसर ए तोइवाका सदस्य अजमल अमिर केशवलाई आज बिहान मृत्युदण्ड दिइएको छ। भारतको पूणेमा स्थानीय समयअनुसार बिहान ७:३० बजे उनलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको हो। उनी ४ वर्षदेखि कैद जीवन विताउँदै आएका थिए। तीन साताअघिमात्रै उनको मृत्युदण्ड रोक्न गरिएको याचना खारेज गरिएको थियो। त्यसपछि लगत्तै उनलाई पूणेको यारवादा जेल पठाइएको थियो। त्यहीँ उनलाई मृत्युदण्ड दिइएको हो। पढ्नेक्रम जारी राख्नुहोस्