राष्ट्रपति र प्रचण्डवीच भेटवार्ता, सरकाद्वारा बजेट ल्याउने तयारी


५ मंसिर, काठमाण्डौ – राष्ट्रपति डा. रामवरण यादव र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच मंगलवार विहान शीतलनिवासमा भेटवार्ता भएको छ । भेटमा बजेटका साथै मुलुकमा जारी संकट समाधानलगायतका विषयमा छलफल भएको एमाओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।भेटमा प्रचण्डले बजेट रोक्दा मुलुक ठप्पै हुने भएकाले बजेट नरोक्न राष्ट्रपतिलाई आग्रह गर्नुभएको सापकोटाले जानकारी दिनुभयो ।
जवाफमा राष्ट्रपति यादवले सरकारले पठाएको बजेट रोक्ने आफ्नो मनसाय नरहेको तर सकभर बजेट सहमतिमै ल्याउन प्रचण्डलाई सुझाव दिनुभएको उहाँले बताउनुभयो ।
सापकोटाका अनुसार प्रचण्ड र राष्ट्रपतिको भेट सकारात्मक रहेको र सरकारले थप गृहकार्य गरेर सकभर आजै नभए भोलिसम्ममा बजेट ल्याउने गहकार्य शुरु गरेको छ। उहाँले भन्नुभयो, ‘बजेट आउनु पर्छ । कात्तिक मसान्तमै एक तृतीयांश बजेट सकिएकाले सरकारसामू बजेट ल्याउनु बाध्यता छ । त्यसैले सरकारले कनैपनि हातलमा बजेट ल्याउँछ र त्यसलाई राष्ट्रपतिले स्वीकृत गर्नुहुन्छ ।’
सरकारले विपक्षी दलहरुको विरोधका बाबजूत राष्ट्रपतिसमक्ष बजेट अध्यादेश सिफारिस गर्ने तयारी गरिरहेका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई भेट्नु भएको हो । प्रचण्डसितको भेटपछि राष्ट्रपति कार्यालय स्रोतले भने विहीबारसम्म बजेटका साथै अन्य विषयमा पनि सहमति हुने दाबी गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.