नयाँ पार्टी नजन्मँदै जनजाति नेता विभाजित


काठमाडौं, मंसिर ५ – विभिन्न राजनीतिक दल परित्याग गरेका एकल जातीय पहिचान पक्षधर जनजाति नेता नयाँ पार्टी नजन्मँदै विभाजित भएका छन्। एमाले परित्याग गरेका नेता नयाँ दलको मार्गनिर्देशक सिद्धान्त ‘मार्क्सवाद’ मा अडिग भए पनि कांग्रेस छाडेका तथा जनजाति बुद्धिजीवी नेता त्यसको विपक्षमा देखिएका छन्। एमाले परित्याग गरेका नेताले बिहीबार संघीय समाजवादी पार्टी गठनको औपचारिक तयारी गरेका छन्। ‘बिहीबार पार्टीको औपचारिक घोषणा हुनेछ,’ एमाले पूर्वकेन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले नागरिकसँग भने, ‘पत्रकार सम्मेलनमार्फत घोषणा हुने पार्टीमा संघीय समाजवाद स्वीकार्ने साथीहरू आबद्ध हुनेछन्।’

नयाँ पार्टीको नारा ‘नेपाली सामाजिक तथा आर्थिक परिवर्तनको बाटो- संघीय समाजवाद’ हुने र त्यसको प्रेरक सिद्धान्त ‘मार्क्सवाद’ रहने उनले जनाए। प्राविधिक विषयबाहेक सैद्धान्तिक विषयमा नयाँ पार्टी स्पष्ट भइसकेको उनको भनाइ छ।

अशोक राईको संयोजकत्वमा बिहीबार १ सय सदस्यीय केन्द्रीय तदर्थ समिति घोषणा गरिने उनले जानकारी दिए। समितिले तीनदेखि ६ महिनाभित्र पार्टी महाधिवेशन गर्नेछ। समितिमा राईसहित दुई महिनाअघि एमाले छाडेका राजेन्द्र श्रेष्ठ, विजय सुब्बा, रकम चेम्जोङ, वीरबहादुर लामा, अजम्बर राई काङमाङ रहनेछन्।
तिहारसम्ममा पार्टी गठन गर्ने बताए पनि सैद्धान्तिक सहमति हुन सकेको थिएन। ‘पृथ्वी सुब्बा गुरुङ, कुमार राई लगायतलाई पर्खदा चार महिना बित्यो,’ एमाले छाडेका एक नेताले भने, ‘त्यसल धेरैलाई कतै पार्टी नै गठन नहुने होइन भन्ने आशंका उत्पन्न भयो।’

एकल जातीय पहिचान छाडेको भन्दै असन्तुष्ट रहे पनि पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र दलबहादुर राना एमालेमै फके पनि उपाध्यक्ष अशोक राईसहित सात केन्द्रीय सदस्यले असोज १८ मा पार्टी छाडेका थिए।

कांग्रेस छाडेका पूर्वसभासद कुमार राईले नयाँ पार्टीमा ‘मार्क्सवाद’ स्वीकारेर जान नसकिने बताए। ‘अशोकजीहरूले बिहीबार पार्टीको औपचारिक घोषणा गर्नुहुँदैछ भन्ने सुनेको छु। त्यस’boutमा कुराकानी भएको छैन,’ उनले भने, ‘ मार्क्सवाद स्वीकारेर नयाँ पार्टीका जाँदैनौं।’ मंसिर १५ भित्रै अर्को दल गठन गरिने उनले जानकारी दिए। प्रगतिशील तथा प्रजातान्त्रिक दुवैलाई समेट्ने गरी राखिएको नाम पूर्वएमाले नेताहरूलाई स्वीकार्य नभएको बताए। ‘संघीय प्रगतिशील लोकतान्त्रिक पार्टी नाम राख्ने सहमति भएको थियो,’ राईले भने, ‘पछि उहाँहरूले त्यसलाई स्वीकार्नु भएन।’

‘चैतन्य सुब्बा, कृष्ण भट्टचनलगायत बुद्धिजीवीले प्रस्ताव गरेको सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टीलाई अनुमोदन गर्नेछौं,’ राईले भने।
जनजातिहरूको एउटै राजनीतिक दल बनाउन पहल भइरहे पनि सफल नभएको सुब्बाले बताए। तिहारअघि सैद्धान्तिक विषयमा सहमति भए पनि एमाले परित्याग गरेका नेताहरू त्यसबाट पछि हटेर छुट्टै दल खोल्न अग्रसर भएका उनको भनाइ छ।

‘पार्टीको सिद्धान्त’bout २१ बुँदे सहमति भए पनि अशोकजीहरू पछि हट्नुभयो। उहाँहरूले मार्क्सवाद छाड्न नसकिने बताउनुभयो,’ सुब्बाले नागरिकसँग भने, ‘त्यसपछि सिद्धान्तको विषयमा मिलेन।’ राईबाट आएको संघीय समाजवादको प्रस्ताव प्रष्ट नभएको उनले बताए। ‘लोकतान्त्रिक समाजवाद चाहेका छौं,’ सुब्बाले भने, ‘पुरातनपन्थी समाजवाद र राज्य नियन्त्रित शासन होइन। सबैलाई समट्नसक्ने वैकल्पिक सिद्धान्त निर्माण गरौं भन्ने हाम्रो धारणा हो।’

एमाले छाडेकालाई समेट्न छलफल भइरहेको सुब्बाले बताए। ‘हामीले अशोक राईजीको नेतृत्वलाई स्वीकारे पनि उहाँले सबैलाई समेट्नु भएन।’

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.