तृतीयांश बजेट मात्र स्वीकार्छु


मंसिर ४ , राष्ट्रपति रामवरण यादवले दलहरुबीच सहमति नभए एक तृतीयांशमात्र बजेट ल्याउन प्रधानमन्त्री बाबुराम भट्टराईलाई आग्रह गरेका छन्। सरकारले पूर्ण बजेटको तयारी गरिरहेका बेला आइतबार दिउँसो राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री भट्टराईलाई उनले दलीय सहमतिबिना आफू पूर्ण बजेट स्विकार्न नसक्ने जानकारी गराएका हुन्।

जवाफमा प्रधानमन्त्री भट्टराईले आफूले सक्दो प्रयास गर्दा पनि सहमति नजुटे पूर्ण बजेट नै पेस गर्ने अडान दोहोर्यामएको स्रोतले जनाएको छ।
राष्ट्रपतिले दलीय सहमतिबिना अन्तरिम संविधान टेकेर पूर्ण बजेट ल्याउने कतै व्यवस्था नभएको प्रधानमन्त्रीलाई स्मरण गराउँदै त्यसरी ल्याए स्वीकृत गर्न कठिन हुने प्रधानमन्त्रीलाई सुनाएका थिए। ‘म बजेट रोक्ने पÔमा छैन, तर संसद नभएको अवस्थामा पूर्ण बजेट केमा टेकेर ल्याउने, संविधानमा प्रस्ट व्यवस्था छैन। दलहरुबीच सहमति पनि हुन सकेको छैन,’ राष्ट्रपतिलाई उद्धृत गर्दै प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, ‘पूर्ण बजेटका लागि राजनीतिक सहमति जरुरी छ।’
राष्ट्रपतिले आफू बजेटविरोधी नभएको पटकपटक सुनाउँदै मुलुक नै सञ्चालन नहुने अवस्था आउन नदिन आवश्यकताको सिद्धान्तअनुसार एक तीतृयांश बजेट ल्याउन सरकारलाई सुझाव दिएका थिए। ‘पूर्ण बजेटमा दलीय सहमति जुट्न नसके आवश्यकताको सिद्धान्तअनुसार एक तृतीयांश बजेट ल्याउनहोस्,’ राष्ट्रपतिलाई उद्धृत गर्दै दाहालले भने।
त्यसअघि बिहान प्रमुख राजनीतिक दलका शीर्ष नेतासँगको छलफलमा पनि राष्ट्रपतिले दलीय सहमतिबिना सरकारले पूर्ण बजेट पनि ल्याउन नसक्ने भन्दै बजेटमा पनि सहमतिमा पुग्न आग्रह गरे। उनले संविधानलाई टेकेर बजेट ल्याउने कुनै प्रावधान नै नरहेको भन्दै सहमति जुटाउन दलहरु असफल हुने भए संविधानको कुन धारा टेकेर बजेट स्वीकृत गर्ने हो, आफूलाई बाटो देखाइदिन पनि आग्रह गरेका थिए।
राष्ट्रपतिले अति आवश्यकताको सिद्धान्तअनुसार संविधानको धारा ९६ (क) अनुसार एक तीतृयाशं बजेट भने स्वीकृत गर्न सक्ने संकेत गरेका थिए।
‘बजेटको विषयमा सहमति भइदिए सजिलो हुन्छ,’ राष्ट्रपतिलाई उद्धृत गर्दै भेटपछि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भने, ‘सहमति नभए संविधानको धारा ९६ (क ) अनुसार जाने आशय उहाँले (राष्ट्रपतिले ) व्यक्त गर्नुभयो।’
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारले आर्थिक संकट समाधान गर्न बजेटलाई राजनीतिबाट अलग राख्नुपर्ने धारणा राख्दै सहमतिबिना पूर्ण बजेट नआउने बताए। ‘बजेटलाई राजनीतिसँग जोडेर नहेरौं,’ गच्छदारले भने, ‘सरकारले प्रयास गर्दागर्दै पनि सहमतिबिना पूर्ण बजेटको सम्भावना छैन।’
बजेट र सरकारका विषयमा छिटो सहमतिमा पुग्न राष्ट्रपतिले आग्रह गरेको जानकारी दिँदै दाहालले भने, ‘बजेट, सरकारका विषयमा छिटो सहमतिमा पुग्न राष्ट्रपतिले घचघाउने हिसाबले बोलाउनुभएको हो।’
‘बजेटमा सहमति भयो भने पूर्ण बजेट ल्याउन सजिलो हुन्ो भएकाले सहमति गर्नुपर्नेमा राष्ट्रपतिको जोड थियो,’ राष्ट्रपतिलाई उद्धृत गर्दै दाहालले भने, ‘तर पार्टीहरुबीच सहमति हुन सकेको छैन, छिटो सहमतिमा पुग्नुहोस् भन्नुभयो।’
‘एक्लै बजेट ल्याउने हो भने अलग्गै कुरा हो, हैन भने सबै कुरामा सहमतिमा आउनुपर्छ,’ कोइरालाले भने, ‘जबसम्म विश्वासको वातावरण बनेर राजनीतिक सहमति हुँदैन, तबसम्म स्थिति यथावत छ।’

दाहालका तीन विकल्प
प्रमुख राजनीतिक दलहरुबीच बजेटका विषयमा आ-आफ्ना अडान कायमै रहेका बेला एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले बजेटका विषयमा तीन नयाँ विकल्प प्रस्तुत गरेका छन्। तर, उनको प्रस्तावलाई विपक्षी दलहरुले अस्वीकार गरेका छन्।
बजेटका साथै जारी राजनीतिक निकासका विषयमा छलफल गर्न शीतल निवास पुगेका दाहालले वर्तमान सरकारले नै पूर्ण बजेट ल्याउने पूर्वअडानबाट पछि हट्दै दलहरुबीच बजेटका विषयमा सहमति जुट्न नसके कांग्रेसबाट राष्ट्रिय योजना आयोगका उपाध्यÔ भएका बेला बजेट नै ल्याउने, झलनाथ खनाल नेतृत्व सरकारले ल्याएको बजेटलाई निरन्तरता दिने र संविधानको मर्म र स्पिरिटअनुसार सरकारले ल्याउने बजेटका विषयमा निर्णय लिने जिम्मा राष्ट्रपतिलाई दिने प्रस्ताव राखेका थिए।
सहमति जुट्न नसके कांग्रेसबाट राष्ट्रिय योजना आयोगका उपाध्यÔ भएका बेला तयार भएको बजेट नै ल्याउ” भन्ने कुरा राखें,’ दाहालले बैठकपछि भने, ‘होइन भने झलनाथ खनाल नेतृत्व सरकारले नै ल्याएको बजेटलाई निरन्तरता दिएर लैजाउ” भने, त्यो पनि हु”दैन भने संविधानको मर्म र स्पिरिटअनुसार (अन्तरिम संविधानको धारा ९६(क) अनुसार नै बजेट ल्याउन) राष्ट्रपतिलाई जिम्मा दिउ”्क उहा”ले जे गर्नुहुन्छ भन्ने कुरा राखे।’
विपक्षी कांग्रेस र एमालेले भने बाबुराम भट्टराई नेतृत्वको सरकारको बहिर्गमन नभएसम्म बजेटमा सहमति हुन नसक्ने धारणा राखेका थिए। दाहालले भने, ‘उहा”हरुले सल्लाह गर्छौंं मात्र भन्नुभयो, सहमतिचाहिँ जनाउनुभएन।’
अन्तरिम संविधानको धारा ९६ (क) मा संसद नरहेको अवस्थामा एक तृतीयांशसम्म खर्च गर्न पाउने गरी आंशिक बजेट ल्याउनेसम्बन्धी व्यवस्था छ।
राष्ट्रपतिले बोलाए
राष्ट्रपति यादवले बजेटका विषयमा सहमतिका लागि अन्तीम प्रयासका लागि प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेतालाई शीतल निवास बोलाएका छन्। राष्ट्रपतिले प्रधानमन्त्री बाबुराम भट्टराई, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेशी मोर्चाका नेता विजय गच्छदारलाई बिहान नौ बजे शीतल निवास बोलाएका हुन। ‘बजेट’bout सहमति जुटाउने प्रयासस्वरुप बोलाउनुभएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.