Daily Archives: 19/11/2012

कस्तो अचम्म २ महिनाको नानीको पेटमा पनि बच्चा !


हामीले यो दुनियामा बाच्नु मात्रै पर्छ अनेक देख्नु र सुन्न पाइन्छ । बुढापाकाले भन्ने गरेको सहि हो रहेछ भारतको अररिया जिल्लाको जोकिहाथ थानाक्षेत्रको बन्कोरा गाउका गङ्गा प्रसाद सिंहकि दुइ महिनाकी छोरी पल्लवीको गर्भमा बच्चा भेटिएको खबर बाहिर आएको छ । यो आश्चर्यजनक घटना भारतमा दोस्रोपटक र बिहारमा पहिलो पटक घटेको पनि समाचारमा उल्लेख छ । घटनाको पुष्टि गर्न अल्ट्रासाउण्ड र सिटी स्क्यान दुबई गरिएको पनि समाचारमा दावी गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दुई युवतीले हत्या गरि लुटे


मंसिर ४ – पत्याउनै गाह्रो भयो । साधारण लाग्ने दुई युवतीले यत्रो अपराध कसरी गरे होलान् ? तर प्रमाणले उनीहरुलाई नै दोषी देखायो । एक ६९ वर्षीया महिलाको हत्या गरि गरगहना र अन्य सामान लुटपाट गर्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तृतीयांश बजेट मात्र स्वीकार्छु


मंसिर ४ , राष्ट्रपति रामवरण यादवले दलहरुबीच सहमति नभए एक तृतीयांशमात्र बजेट ल्याउन प्रधानमन्त्री बाबुराम भट्टराईलाई आग्रह गरेका छन्। सरकारले पूर्ण बजेटको तयारी गरिरहेका बेला आइतबार दिउँसो राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री भट्टराईलाई उनले दलीय सहमतिबिना आफू पूर्ण बजेट स्विकार्न नसक्ने जानकारी गराएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

गुपचुप लन्डन दूतावास बेच्ने तयारी


सुरेन्द्र पौडेल, काठमाडौं, मंसिर ४ -सरकारले अपारदर्शी ढंगले बेलायतको लन्डन तथा जर्मनीको बोनस्थित अर्बौं रुपैयाँ बराबरका नेपाली दूतावास भवन र जग्गा बेच्ने तयारी गरेको छ। व्यवस्थापिका संसद नभएको र संवैधानिक निकायका प्रमुख खाली भएका बेला दूतावास भवन तथा जग्गा बिक्री गर्न सरकारले ‘सर्भे समिति’ बनाएको छ। राजदूत फेरिएपिच्छे दूतावास भवन ‘बेच्ने वा मर्मत गर्ने’ भन्ने विवाद यसअघि व्यवस्थापिका संसदको समितिमा आइपुग्ने गरे पनि संसद नभएको मौकामा दसैंअघिको मन्त्रिपरिषद बैठकले समिति बनाएर गोप्य तवरले सर्वे प्रक्रिया अघि बढाएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

आज छठ पर्व धुमधामका साथ मनाइदै


४ मंसिर, काठमाण्डौ । आराध्यदेव सूर्यको आरधना गरी मनाइने छठ पर्वको तेस्रो दिन आज तराई र काठमाडौ उपत्यका सहित देशका बिभिन्न ठाउँमा विशेष नियम र निष्ठासाथ मनाईंदैछ । कात्तिक शुक्ल चतुर्थीका दिन व्रतको तयारीका लागि स्नान गरी आज सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर यो पर्व मनाईन्छ । पढ्नेक्रम जारी राख्नुहोस्