प्रचण्डमाथि थप्पड जनताको आक्रोश होइन : शेरबहादुर देउवा


दिलबहादुर छत्याल, धनगढी, मंसिर ३ – नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हान्नु जनताको आक्रोश नभएको बताएका छन्। ‘एकजनाले आवेगमा आएर थप्पड हान्दैमा जनताको आक्रोश भन्न मिल्दैन,’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘थप्पड हान्नु भत्सर्नायोग्य कदम हो।’उनले कङ्ग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनालमाथि पनि आक्रमण भएको सन्दर्भ उल्लेख गर्दै कुनै व्यक्तिको सनकलाई जनताको भावनासँग जोड्न नहुने दावी गरे। ‘एकजनाले थप्पड जनताको आक्रोश हो भने हामीले गर्ने आमसभामा मानिसहरु किन आएका हुन त ?,’ उनले भने, ‘प्रचण्डलाई थप्पड हान्ने षड्यन्त्र हो कि के हो मलाई थाहा भएन तर यो जनताको आक्रोश होइन।’

उनले राजनीतिक दलहरुले थालेको आन्दोलनले बाबुराम भट्टराईलाई सरकार छाड्न बाध्य पार्ने दावीसमेत गरे। माओवादीका कारण दलहरुबीच सहमति हुन नसकेको बताउँदै उनले सहमतीय सरकार नबनेसम्म बजेट नआउने बताए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.