नेपालीलाई सघाउन ओलम्पिक टर्च लिलामी


लन्डन, मंसिर ३ (एजेन्सी)- प्रसिद्ध पर्वतारोही सरक्रिस बोनिङटनले नेपालीको सहयोगका लागि ओलम्पिक टर्च लिलामी गरेका छन्। लन्डनस्थित रोयल जियोग्राफी सोसाइटीमा बुधबार ओलम्पिक टर्च बेच्न आयोजित लिलाम बढाबढमा पर्वतारोही रिचार्ड क्याम्पबेल-ज्याक्सनले उक्त टर्च हात पारे।

बिबिसीका अनुसार अनलाइन र हुलाकको माध्यमबाट गरिएको लिलाम बढाबढमा रिचार्डले साढे १३ हजार पाउन्ड (करिब १९ लाख रुपैयाँ) बोलेर लिलाम सकारेका थिए।
बोनिङटनले ओलम्पिक टर्च बेचेर आएको सबै रकम नेपालका पहाडी जिल्लामा जीवनस्तर सुधार र स्थानीय संस्कृति सशक्तीकरणमा काम गर्दै आएको बेलायती संस्था कम्युनिटी एक्सन नेपाल (क्यान) लाई प्रदान गर्दैछन्। पर्वतारोहण तथा ट्रेकिङका लागि भरियाको प्रमुख स्रोतको रुपमा रहेको १० मध्ये पहाडी जिल्लामा विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ।
सहकर्मी डग स्कटले स्थापना गरेको क्यानका संरक्षक सरक्रिस आफैं छन्। क्यानका अध्यक्ष स्टकले उक्त रकम परोपकारी कामका लागि ठूलो सहयोग हुने बताए। बोनिङटन र स्कटले सन् १९७५ मा एकैपटक सगरमाथा आरोहण गरेका थिए।
सरक्रिसले ओलम्पिक टर्च वेल्सको सबैभन्दा अग्लो चुचुरो स्नोडनमा गत मे २९ मा पुर्याैएका थिए।
टर्च किन्ने क्याम्पबेल ज्याक्सनले भने, ‘क्यानको माध्यमबाट नेपाली समुदायका लागि आफ्नो सहयोग गर्न पाएकोमा रोमाञ्चित छु।’
क्याम्पबेलले स्नोडनबाट सरक्रिसको हस्ताक्षरसहित टर्च पाउनेछन्। क्रिसले लिलामीमा अपेक्षा गरिएको भन्दा बढी रकममा टर्च बिक्री भएकामा खुसी व्यक्त गरे। ‘क्यानका लागि राम्रो रकम जम्मा गर्न सकेकोमा खुसी लागेको छ,’ बिबिसीसँग उनले भनेका छन्। क्यानको स्थापना सन् १९९३ मा पर्वतारोहण क्षेत्रका भरियाको संरक्षणका लागि गरिएको हो।
‘मैले ठूलो सफलता पाएको देशका जनतालाई यो रकमले धेरै सहयोग गर्नेछ,’ उनले भने, ‘मेरो ओलम्पिक टर्चको यो भन्दा राम्रो उपयोग अरु काममा हुन सक्दैन।’
‘सो संस्थाले २ लाख ५० हजार पाउन्ड स्टलिङ (३ करोड ५० लाख रुपैया) आवश्यक छ,’ स्कटले भनेका छन्, ‘यो योगदान हाम्रो अपेक्षा भन्दा बाहिरको कुरा हो। क्यानले सञ्चालन गर्ने विद्यालय तथा स्वास्थ्य चौकीका कर्मचारीको तलबमा यो रकम खर्च गरिन्छ।’ पर्वतारोहणमा जाने अधिकांश भरिया रहेका मध्यपहाडी जिल्लाहरुमा क्यानले शिक्षा, स्वास्थ्य, सरसफाइलगायत परियोजना सञ्चालन गरिरहेको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.