पूर्व प्रधानमन्त्री माधव नेपालको नेपाली समाज कुवेतका प्रतिनिधिहरुसँग भेटघाट


जय आले, कुवेत

नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ट नेता माधव कुमार नेपाल हाल कुवेतमा हुनुहुन्छ । लेबनानमा आईक्यापको मिटिङमा भाग लिएर नेपाल फर्कने क्रममा वहाँ कुवेत र साउदी अरबका स्थानिय बासिन्दाहरुको सामाजिक दिनचर्चा र जीबनशैलीको  अवस्था’bout जानकारी बटुल्नको लागि कुवेत ट्रान्जिटमा पसेको आज नेपाली समाज कुवेतका प्रतिनिधिहरुसँगको भेटघाटको क्रममा वहाँले बताउनु भएको छ ।

हिजो शुक्रबार बिहानको ४ बजे कुवेत आईपुग्नु भएका नेपाल आज राती नै साउदी अरबको लागि प्रस्थान गर्नु हुनेछ । कुवेत आगमनको कुनै सरकारी यात्रा नभए पनि कुवेत सरकारले आज आतिथ्यताको लागि बोलाएर सम्मान गरेकोमा वहाँले खुशी व्यक्त गर्नु भएको छ । आजै कुवेतको मरुभुमी वाफ्रा, मजरा र दूतावासको सेल्टर समेत वहाँले भ्रमण गर्नु भएको वहाँले जानकारी दिनु भयो । खासगरी सेल्टरमा जाँदा वहाँ रहेका करिव दुई सय महिला कामदारहरुका गुनासाहरु आफुले सुनेको बताउँदै नेपाली चेलीबेटीहरु बेचिएको, ठगिएको र हेपिएको देख्दा  आफु निकै भावुक भएको र खाडीमा नेपाली महिला घरेलु कामदारहरु पठाउन रोक्नु पर्ने बताउनु भयो ।

कुवेतका बिभिन्न मरुभुमी करिब ३५० किलोमिटरको भ्रमण पश्चात पूर्व प्रधानमान्त्रीले नेपाली समाजका प्रतिनिधि तथा पत्रकारहरुसँग कुवेतका लागि नेपाली राजदूत मधुवन प्रसाद पौडेलको निवासमा भेटघाट गर्नु भएको थियो । भेटघाटमा एनआरएनए कुवेतका अध्यक्ष राजेन्द्र तामाङ, कोर्डिनेटर राजन कुवँर, उपाध्यक्ष राजु थापा, माउण्ट एभरेष्ट क्लबका अध्यक्ष धर्मराज गिरी, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष तथा कोसेली न्युजका प्रमुख सुजन केसि, महासँघका उपाध्यक्ष तथा कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले र नेपाली दुताबास कुवेतका दित्तिय सचिब पुष्पराज भट्टराई, श्रम सहचारी सिर्जना तिवारी लगायत सम्पूर्ण दुताबास कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसँगको भेटमा कोशेली न्युजका प्रबन्ध निर्देशक सुजन केसी र कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आलेले सामुहिक रुपमा लिएको आधा घण्टा लामो अन्तर्वाता पछी प्रकाशित गर्नेछौं ।

2 responses to “पूर्व प्रधानमन्त्री माधव नेपालको नेपाली समाज कुवेतका प्रतिनिधिहरुसँग भेटघाट

  1. सर्ब प्रथम सुजन सर धन्य बाद एस मरुभूमि कुवैतमा रहने ७०.००० हजार नेपाली हरुको ’boutमा हाम्रो माकुने कमरेड लाई केहि जानकारी दिनु नै भयो होला खुशी लाग्यो मलाई आज केहि खबर पढ्न पाउदा तर खै के माखो मार्लान र तर दुख चै केमा लागे को छ मलाई भनि
    अलि कत पनि लाज घिन सरम छैन सुटुक्क नेपाली दुताबास मा पसेर २ चार जना पत्रकार प्रमुख लाइ निम्तो गरेर हिड्नु भए छ माकुने सायेब कतै कुवैत मा रहने नेपाली हरुले म आउने थाहा पाएमा मलाई पनि कालो झन्डा देखौलानकी भनेर होला डराएको अझ जे पायो तेही बकम फुसे भासन छाड्दै बिदेस को भर्मन गर्दै हिडेका छन् सबिधान र बाकी सहमति लछार पाटो लगाई हाले जनता को धन मा रजाई गर तिमि हरु कै छ दिन

  2. क० माधव कुमार नेपालले मेरो सल्लाह मान्नु भएछ –१७ नोभेम्बर २०१२को शनिवार म कुवैतको नेपाली दुतावासमा मेरो तयार भएर आएको(एम० आर० पी० )पासपोर्ट लिन गएको अन्य धेरै साथीहरू सँग भेट भयो । सोही अवसरमा क० माधव नेपाल अफिस भित्र देखा पर्नु भयो,साथमा राज्दुत मधुबन पौडेल र दुताबासका अन्य कर्मचारी थिए । हामीतिर हेर्दै क० नेपालले ”तपाइहरुका कुनै भन्नु पर्ने गुनासा भए भन्नु होस्”भन्नु भयो बिशेष गरेर साथिहरूले दुतावसको सेवा ग्राहीलाई दिने समय प्रति गुनासो गरे । त्यसपछी मैले डाइरेक भन्दिए ”क० कुवैतमा घरको भिसामा आउने महिला दिदिबहिनीहरूको आगमन रोकी दिनुहोस् ”छोट्करिमा वहाँले भन्नु भयो म पनि वहाँहरूलाई त्यहि सोधखोज गर्दैछु । त्यसपछी बिभिन्न प्रतिनिधिहरू र धेरै महिला दिदिबहिनीहरूको गुनासो सुनेर भावुकमोडमा नेपालबाट बन्द गर्नु पर्ने कुरा गर्नु भएछ । मलाई खुशी लाग्यो स्वदेश गएर बिर्सनु भएन भने मैले राखेको कुरा र वहाँको पछिल्लो सोचमा मेल खायेकोछ । तर माफ गर्नु होला दिदिबहिनी चेलिबेटिहरु तपाईंहरू घरमा हुने १००जनामा २५जनालाई मेरो कुरा मन नपर्न सक्छ घरमा होईन कम्पनीमा आउनु पर्छ दु:ख जे भए पनि स्व्तन्त्र कुरा गर्न सक्नु हुन्छ । भारतबाट आउँन बन्द गर्ने ,नेपलबाट कम्पनिमा मात्र आउने र जति घरमा काम गरिरहनु भएकोछ रिलिज मार्फत कम्पनीमा पठाउन दुतावासले कुट्नितिक पहल गर्नु पर्छ। क० माधव नेपाल सँग यस्ता सबै कुरा गर्ने टाईम थिएन । तर मलाई पुरा कुरा गर्ने बिचार थियो यसै बिषयमा । गल्ति भएमा माफ गर्नु होला । –दीपक के० सी०,कुवैत (इटहरि)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.