Daily Archives: 17/11/2012

पूर्व प्रधानमन्त्री माधव नेपालको नेपाली समाज कुवेतका प्रतिनिधिहरुसँग भेटघाट


जय आले, कुवेत

नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ट नेता माधव कुमार नेपाल हाल कुवेतमा हुनुहुन्छ । लेबनानमा आईक्यापको मिटिङमा भाग लिएर नेपाल फर्कने क्रममा वहाँ कुवेत र साउदी अरबका स्थानिय बासिन्दाहरुको सामाजिक दिनचर्चा र जीबनशैलीको  अवस्था’bout जानकारी बटुल्नको लागि कुवेत ट्रान्जिटमा पसेको आज नेपाली समाज कुवेतका प्रतिनिधिहरुसँगको भेटघाटको क्रममा वहाँले बताउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जन जागृती युवा समाज कुवेतको बिदाइ कार्यक्रम सफलता पुर्वक सम्पन्न


डम्बर रिमाल

कुवेतको मुर्गाव स्थित क्न्याकुमारी होटलमा भएको  जन जागृती युवा समाज कुवेतले गरेको  बिदाइ कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा कुवेत नेपाल डटकम र   नेपाल कुवेत डटकमका पत्रकार साथै जन जागृती समाज कुवेत का संम्पुर्ण कार्यकारी सदस्य उक्त सस्थाका सल्लाहकार हरूको  उपश्थिति रहेको  थियो । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी अध्यक्ष दाहाललाई झापड प्रहार


को हुन् माओवादी अध्यक्ष दाहाललाई हातपात गर्ने ?

काठमाडौं, मङ्सिर १(नागरिक)- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई एक सर्वसाधारणले झापड हानेका छन्। पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा आएका एकजनाले हात मिलाइसकेपछि दाहालमाथि झापड प्रहार गरेका हुन्। हात मिलाउन लाइनमार्फत् मञ्चमा पुगेर उनले झापड हानेका हुन्। झापड खाएपछि दाहालको अनुहार मलिन बनेको थियो। निकै सशक्त झापड हानेका कारण अध्यक्ष दाहालको चस्मा फुटेको छ। पढ्नेक्रम जारी राख्नुहोस्