नक आउट सुपर च्यालेन्ज कप फुटबल टुर्नामेण्ट-२०१२ को भव्य शुरुवात, समुह चरणका केही खेलहरु अझै बाँकी नै (फोटो फिचरसहित)


जय आले, कुवेत

करिब एक हजार भन्दा बढी नेपालीहरुको रोजगारीको थलो कुवेतको स्विडिश कम्पनीको पूर्ण सहयोगमा सोही कम्पनिमा कार्यरत नेपालीहरुले आज १६ नोभेम्बरमा आयोजना गरेको “नक आउट सुपर च्यालेन्ज कप अन्तर नेपाली फुटबल टुर्नामेण्ट-२०१२” कुवेतको भब्य रुपमा उद्घाटन हुनुका साथै समुह चरणका चार खेलहरु समापन भएका छन ।

कुवेतको नेपाली जन-समुदायमा सन् १९९५ देखी नै फुटबल, भलिबल, चेस र डोरी तान्ने जस्ता नेपाली खेलकुदहरुको आयोजना गरेर प्रबासी नेपालीहरुलाई आकर्षित गरिसकेको स्विडिश कम्पनिमा कार्यरत नेपालीहरु आफै पनि खेल जगतमा उत्तिकै अग्रसर छन । माउण्ट एभरेष्ट एम.बी बमजन गोल्डकपमा कप स्थापना भएको बर्षमै कब्जा जमाएको यस टिमले २ पटकसम्म गोल्ड कपको उप-बिजेता समेत बनेको क्लवको इतिहासमा समेटिएको छ ।

स्विडिश कम्पनीका जनरल म्यानेजर श्री आसद आलम र यस टुर्नामेण्टका प्रायोजक युएई एक्सचेन्ज कुवेतका कन्ट्री हेड श्री पान्सिली भार्की द्वयले सामुहिक रुपमा बल किक हानी उद्घाटन गरिएको अन्तर नेपाली फुटबल टुर्नामेण्टमा कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्था, पत्रकारहरु लगायत उल्लेख्य रुपमा खेलप्रेमी कुवेतवासी नेपालीहरुको उपस्थिती रहेको थियो ।

कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत १० नेपाली टिमहरुले सहभागीता जनाएको टुर्नामेण्टमा आज आठ टिमको खेल अर्थात पहिलो चरणका चार खेलहरु मात्र सम्पन्न भएका छन भने कुवेतनेपाल डटकमले प्रत्यक्ष संकलन गरेको खेलको नतिजाहरु निम्न बमोजिम रहेको छ ।

पहिलो खेल (पोल-ए):
आयोजक स्विडिश-ए – ४ गोल, प्रतिश्पर्धी रक स्टार नेपाली टिम – ० गोल
स्विडिशका गोलरहरु: महेश गुरुङ, पदम तामाङ, देव लिम्बु र राजेन्द्र बमजन

दोश्रो खेल (पोल बि):
आयोजक स्विडिश-बि – ० गोल, प्रतिश्पर्धी प्रबासी नेपाल – ४ गोल
प्रबासी नेपालका गोलरहरु: लोक गुरुङ, दिपक सेन्ताङ, दिपक कार्की र खगेन्द्र राई

तेश्रो खेल (पोल-ए):
पुर्वेली टाईगर – ५ गोल, प्रतिश्पर्धी न्यु नेपाली व्वायज(नेशनल खराफी) – ४ गोल

खेल अती नै प्रतिश्पर्धात्मक तथा आजको सबैभन्दा रोचक भएकोले पहिलो र दोश्रो हाफ दुबै टिमहरु गोल रहित रहे भने आयोजकले थप ५/५ मिनट गरेर १० मिनटको प्लस टाईम खेल खेलाएको थियो । तर पनी पुन. दुवै टिमहरु गोल रहित नै रहे । अन्तत: पेनाल्टी शुट आउटको आधारमा हार जितको फैसला गरिएको थियो ।

शुटरहरु पुर्वेली टाइगरबाट:
राज कुमार – गोल
निर्मल – गोल
जिम गुरुङ – गोल
जिबन केरुङ – गोल
हेम नेपाल – गोल

नेशनल खराफीबाट:
बिनोद गुरुङ – गोल
कुल बहादुर – गोल
अशोक बहादुर – गोल’रहित
जस लिम्बु – गोल
चन घर्ती – गोल

यसैगरी आजको अन्तिम तथा चौंथो खेल पोल-बि बाट:
क्रेज नेपाल – ३ गोल, प्रतिश्पर्धी प्रदेशी नेपाल – ० गोल रहेका छन भने क्रेज नेपालका गोलरहरुमा पवन थापाले २ र राजुले १ गोल गरे ।

१० टिमहरु सहभागी रहेको टुर्नामेण्टमा पोल-ए बाट युनिक नेपाल र पोल-बि बाट कुवेतको पुरानो टिम जासिमले वाक ओभर पाएका थिए भने आजको खेलमा पोल-ए बाट पुर्वेली टाइगर र पोल-बि बाट क्रेज नेपाल विनर टिम चुनिएकाले आगामी शुक्रबार हुने म्याचमा पहिलो खेल ए-पोलका पुवेली टाइगरको युनिक नेपालसँग र दोश्रो खेल बि-पोलका क्रेज नेपालको जासिम टिमसँग सेमिफाइनलको लागि भिडन्त हुनेछ ।

कुवेतका चर्चित टिमहरु; पाँचौं पटकसम्म माउण्ट एभरेष्ट एम.बि बमजन गोल्डकप बिजेता ‘अल्घानिम टिम’, कुवेतको खेल जगतमा आफ्नो छुट्टै छवी बनाउन सफल तथा गत सालको गोल्ड कप बिजेता एस.डि.एफ.सी र अर्को सशक्त टिम के.जि.एल’ले भने स्विडिशको यस टुर्नामेण्टमा सहभागीता जनाएका छैनन् । यसै सन्दर्भमा नक आउट सुपर च्यालेन्ज कपका संयोजक मोहन राईसँग कुवेतनेपाल डटकमले जिज्ञासा राख्दा, खासगरी हामीले समयाभावले चिट्ठी पुर्‍याउन सकेनौं तर टेलिफोन र मिडिया मार्फत जानकारी दिएका थियौं र मुख्यत: हामीले डिसेम्बरमा गर्ने भनिएको टुर्नामेण्ट कम्पनिको अकस्मात परिवर्तित सेडुलले गर्दा तत्कालै खेलाउनु परेकोले शायद वहाँहरुको टिम तयारी अवस्थामा नरहेकोले पनि हुनसक्छ भन्ने प्रतिकृया संयोजक राईले दिंदै आयोजकबाट आजको टुर्नामेण्टमा भुलवश हुन गएका कमी-कमजोरीहरुमा क्षमा माग्दै यत्रो ठुलो खेलप्रेमी नेपालीहरुको जमातले खेल हेर्न आईदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु भन्नुभयो ।

उद्घाटन समारोहले गर्दा दिनको २ बजेबाट शुरु गरिएको खेल रातको ९.३० बजेसम्म चलेको थियो भने आगामी खेल २३ नोभेम्बर २०१२ शुक्रबारकै दिन अपरान्ह १२ बजेबाट हुने र जसमा नेपाली राजदूतावासको समेत उपस्थिती रहने आयोजकले जनाएको छ ।

टुर्नामेण्टका केही झलक (फोटो ठुलो साईजमा हेर्न फोटोमै क्लिक गर्नुहोला):

3 responses to “नक आउट सुपर च्यालेन्ज कप फुटबल टुर्नामेण्ट-२०१२ को भव्य शुरुवात, समुह चरणका केही खेलहरु अझै बाँकी नै (फोटो फिचरसहित)

  1. nice article

  2. ati ramro articale lekhanu bhayera kuwait maa rahanuhune samsta nepali daaju bhaai tahaa bahini harule yo articale padhera hijo bhayko game ko natijaa bare thahaa pauna saknu hune chha again dhanyabad Jay sir keep it up.

  3. jay ale jee, Its a really amazing news i do really thank you for your hard effort to publish the same which is really benefitable for all viewers…!!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.