Daily Archives: 14/11/2012

कहिलेदेखि सुरु भयो देउसी-भैलो ?


कृष्ण अविरल
नेपाली समाजमा प्रचलित लोकभाकाहरुमध्ये अति लोकप्रिय भाका हुन् देउसी-भैली । विशेषतः तिहारको लक्ष्मी पूजाको दिन कुमारी केटीहरुले सामुहिक रुपमा भैली गाउने र त्यसको भोलिपल्टदेखि केटाहरुले देउसी खेल्ने परम्परा भए पनि अहिले सामुहिक रुपमा देउसी-भैली गाउन थालिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

समानता र विपन्नहरूको सम्मान गर्न नव वर्षले प्रेरणा दिओस् – प्रम


कात्तिक २९ – प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल सम्वत् ११३३ सुरु भएको खुसियालीमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमा प्रधानमन्त्री भट्टराईले नेपालीहरूको मौलिक सम्वत्को रूपमा रहेको नेपाल सम्वत्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव गाँसी सुन्दर काम गरेको बताएका छन्।  शङ्खधर साख्वाःले गरिबको ऋणमोचन गरेकाले सुरु भएको मानिने यो सम्वत्ले धार्मिक सहिष्णुता र सामाजिक एकतालाई कायम राख्दै अगाडि आएको यथार्थ सबै जनतासामु स्पष्ट भएको पनि प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

आज गाई, गोरु पूजा र म्हः पूजा


कात्तिक २९ – महान् चाड तिहारको परेवा तिथिका दिन आज देशभर परम्पराअनुसार गाई पूजा, गोरु पूजा र म्हःपूजा गरिँदै छ। गाईलाई लक्ष्मीको प्रतीकका रूपमा सिंगखुरमा तेल र जीउमा रातो पहेंलो छाप लगाई पूजा गर्ने परम्परा नेपाली समाजमा छ। गाईलाई “लक्ष्मीयां लोकपालानां धेनु रूपेण संस्थिता। पढ्नेक्रम जारी राख्नुहोस्

दिदीबहिनी मात्र हुनेले बहिनी टीका लगाउने


दाजुभाइ नभएकाहरूले यसपालिको तिहारमा बहिनी टीका मनाउने भएका छन् । दिदीबहिनीले दाजुभाइलाई मात्र टीका लगाउँदा दाजुभाइ नहुनेहरूलाई चाड आएको अनुभूति नहुने भएकाले यस्तो सुरुआत गर्न लागिएको उनीहरूले बताए । दाजुभाइ नभएका दिदीबहिनीहरूको सञ्जाल (डेस्ट) को पहलमा यस्तो अभियान सुरु गरिएको कार्यक्रमकी संयोजक सोमानिया दाहालले बताइन् । उनीहरूको समूहमा दिदीबहिनी मात्र भएका पढ्नेक्रम जारी राख्नुहोस्