आज १०३ औँ लक्ष्मी जयन्ती


२८ कात्तिक-आज महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०३ औँ जन्म जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएका देवकोटालाई नेपाली साहित्यको ताराको रुपमा चिनिन्छ । महाकवि देवकोटाको १९६६ साल कात्तिक २७ गते आज लक्ष्मीपूजाकै दिन डिल्लीबजारमा जन्मनु भएको थियो ।
बाल्यकालमा नै अमरकोश घोकेका तथा स्तोत्रमाला पढेका देवकोटाले दस वर्षको उमेरमा कविता लेख्न सुरु गरेका थिए । उनका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित भई सबैभन्दा बढी बिकेको पुस्तक हो ।
देवकोटाका ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै निकै चर्चित छन् । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । विसं २०१६ मा आफू शिक्षा तथा स्वायत्तशासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागु गर्नु-गराउनु र वर्तमान नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिएका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.