Daily Archives: 13/11/2012

तामाङ घेदुङ कुवेतको दोस्रो वार्षिक भेला तथा बनभोज कार्यक्रम सम्पन्न


ईन्द्र भुसाल, कुवेत

आफ्नो धर्म र जातिय पहिचान तथा तामाङ संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले गठन भएको तामाङ घेदुङ कुवेतले आफ्नो दोस्रो वार्षिक भेला गत ०९ नोभेम्बर २०१२ शुक्रबार सम्पन्न गरेको छ । घेदुङ कुवेतका अध्यक्ष राम बहादुर लामा घलानको सभापतित्वमा सन्चालन भएको भेलामा उल्लेख्य रुपमा घेदुङ कुवेतका सदस्यहरुको उपस्थिती रहेको महा-सचिब अमृत तामाङले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

हजुरको पालामा पनि यस्तै हुन्थ्यो त बाजे…?


हजुरको पालामा पनि यस्तै हुन्थ्यो त बाजे…?
अनि हजुरको कृतिमा यस्तै लेखेर छोड्नु भाथ्यो त..कतै…..?
 
 
हजारौ भाषिक लहरे संजाल भित्रबाट,
एउटा दार्शनिक नेपाली साहित्य भण्डारका,
विलक्षण महामानवको बेली बिस्तार के गर्नु?
बरु उनैसाईला बाजे सामु याहाँ भए गरेका..
सबै पोल खोलिदिने तैयारीमा छु म  आज !! पढ्नेक्रम जारी राख्नुहोस्

आज १०३ औँ लक्ष्मी जयन्ती


२८ कात्तिक-आज महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०३ औँ जन्म जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएका देवकोटालाई नेपाली साहित्यको ताराको रुपमा चिनिन्छ । महाकवि देवकोटाको १९६६ साल कात्तिक २७ गते आज लक्ष्मीपूजाकै दिन डिल्लीबजारमा जन्मनु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारी छात्रवृत्तिमा उच्च शिक्षा पढ्दै आफ्नै दुनो सोझ्याउनेहरु


रुबी रौनियार,कात्तिक २८ – राज्यको लगानीमा विभिन्न विषयमा उच्च शिक्षा हासिल गरेकाहरू नै देशप्रति गैरजिम्मेवार भएपछि अरूबाट के आशा गर्ने? शिक्षा मन्त्रालयका अनुसार २०२९ यता ६ हजार ४ सयले राज्यको लगानीमा विभिन्न प्राविधिक विषयमा उच्च शिक्षा लिइसकेका छन्, तीमध्ये चिकित्साशास्त्रका ४ सयजतिले मात्र राज्यका विभिन्न क्षेत्रमा सेवा गरिरहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

‘चार नेता, शीतल निवास आऊ’


राष्ट्रपतिले आज पनि डाके-
कात्तिक २७ – राष्ट्रपति रामवरण यादवले प्रमुख चार दलका शीर्ष नेतालाई फेरि शीतल निवास डाकेका छन्। बजेट सकिन लाग्दासमेत सरकार र दलहरु सहमतिमा पुग्न नसकेपछि राष्ट्रपतिले एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा प्रमुखलाई मंगलबार छलफलका लागि बोलाएका हुन्।  राष्ट्रपति कार्यालयले एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, मधेसी मोर्चालाई बिहान ९ बजे छलफलका लागि आउन खबर गरिसकेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

यम पञ्चक अन्तर्गत आज कुकुर तिहार मनाइँदै, आजै लक्ष्मी पूजा पनि


हिन्दुहरुको दोस्रो महान ठूलो पर्व तिहार अर्थात यम पञ्चक अन्तर्गत आज कुकुर तिहार, कुकुरको पूजा गरी धुमधामका साथ मनाइँदै छ ।

कुकुर तिहारको दिन बिहानै सबैले कुकुरलाई माला लगाएर पूजा गरेर मिठा–मिठा खाने कुरा दिने चलन छ । पढ्नेक्रम जारी राख्नुहोस्