विजय थापा
हाल भर्जिनिया अमेरिका
समाज सेवामा जीवन समर्पण गर्ने पवित्र उदेश्य बोकेर हिडेकी गोरखाको बिकट गाउ ताक्लुंगको एक दलित परिवारमा जन्मेकी बिष्णु माया परियारलाई १०० बर्ष अगाडी स्थापंना भएको ख्याती प्राप्त बोस्टनस्थित पाइन् म्यानोर कलेज (Pine Manor College)अमेरिकाले सम्मानार्थ पदवी दिने घोषणा गरेको छ l उनको सामाजिक संस्था एड्वन (Empower Dalit Women of Nepal- EDWON ) ले महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिला उत्थानार्थ गरेको कार्यको उच्च मुल्यांकन गर्दै मई १२ ,२०१३ को दिक्षान्त समारोहमा मान् पदवी प्रदान गर्ने घोषणा गरेको छ l उनीले यहि बिद्यालयबाट सामाजिक परिबर्तन र अन्तर रास्ट्रिय बिकासमा अध्ययन गरेकी हुन् l
उनको सामाजिक संस्थाको अद्वितीय कार्यको ब्याख्या गर्दै एड्वन (Empower Dalit Women of Nepal- EDWON ) कि संस्थापक परियार एक अनुकरणीय ब्यक्ति तथा मानवताको दुत भएकोमा हर्ष व्यक्त गर्दै उनिहरूलाई सशक्तिकरण गर्न सफल भएकोमा पाइन् म्यानोर कलेज (Pine Manor College) यो बिशेष दिनमा यस्ता व्यक्तिलाई सम्मान तथा सराहना गर्न चाहन्छ भनि अन्तरिम अधक्ष्य एलेन एस हूरविट्ज़ले उल्लेख गरेकी छिन् l
उनि द्वारा संचालित संस्था एड्वनले अहिले सम्म १० हजार भन्दाबेशी नेपालका दलित,गरीब ,सिमान्तकृत बालबालिका उत्थानका लागि बिद्यालय स्थापना र छात्रबृद्दी मार्फत शिक्षा दिलाउन सफल भएको छ l २३ सय महिलाहरुलाई महिला सशक्तिकरणका बिभिन्न कार्यक्रमहरु चलाएर परिबर्तनका संबाहक बनाउन सफल भएकि छिन् जसको कारण अरु ११ हजार महिलाहरुलाई प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा लाभान्बित हुन पुगेका छन्।१०० बर्ष ईतिहास बोकेको यो बिद्यालयमा दक्षिण एसियाली देश मध्ये नै पहिलो पटक उक्त सम्मानार्थ पदवी (Honorary Degree)पाउने नेपाली समुदायमा बिष्णु माया परियार पहिलो नेपाली बन्न पुगेकी छिन l
पाइन् म्यानोर कलेज (Pine Manor College)मा ६० भन्दा बढी राष्ट्र तथा अमेरिकाको ५० वटै राज्यबाट विद्यार्थीहरुले प्रतिनिधित्व गरि सकेका छन l यो मानार्थ पदवी पाउने पुर्व महिलाहरूमा स्मिथ कलेजकी प्रथम महिला अधक्ष्य ,Jill ker Conway,Trish Carter संस्थापक तथा प्रमुख ,Candice wolf swinkel ,आदि ईत्यादी थुप्रै महिलाहरु रहेका छन् l सयुक्त राज्य अमेरिकामा मानार्थ पदवी पाउने नेपालीहरु हाल सम्म भाग्यशाली कमै देखिएको छ l दलित परिवारमा जन्म भै संघर्षलाई चिर्दै संस्था मार्फत सामाजिक रुपान्तरणमा अत्यन्तै ठुलो भूमिका निर्वाह गरेकी एड्वन कि संस्थापक बिष्णु माया परिवार भाग्यशाली रहेकी छिन् l
उनले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदानको कदरस्वरुप विश्व बैंक फ्यामिली नेटवोर्कको ‘मार्गरेट माक्नमारा मेमोरियल’पुरस्कार (२००७),संयुक्त राष्ट्र संघ एसोसिसनको ‘पर्दिता हस्टन मानब अधिकार’ पुरस्कार र अन्य दुई दर्जनभन्दा ज्यादा राष्ट्रिय र अन्तर राष्ट्रिय पुरस्कारबाट सम्मानित भै सकेकी छिन्l