कोसेली परिवारको सामुहिक देउसी-भैलो कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)


कुवेतनेपाल एड्मिन

कुवेतबाट प्रकाशित नेपाली छापा पत्रीका मरुभूमिको कोसली परिवारद्धारा नेपालीहरुको दोश्रो महान पर्व दिपावलीको पावन अवसरमा आयोजना गरिएको शुभकामना आदान-प्रदान तथा देउसी-भैलो कार्यक्रम जिलिव अल-सुवैखको अप्सरा हलमा भव्य रुपमा सम्पन्न भएको छ ।

कोसेली समुहका प्रमुख सुजन केसिको अध्यक्षतामा सम्पन्न देउसी भैलो कार्यक्रमको प्रमुख आतिथिमा नेपाली दूतावास कुवेतकी श्रम-सहचारी सृजना तिवारी रहनुभएको थियो भने कुवेतस्थित सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । एक हप्ता अगाडि देखि नै सम्पुर्ण नेपाली समाजलाई उक्त देउसी भैलो कार्यक्रममा उपस्थित हुन कोसली परिवारले निमन्त्रणा दिएकोले कार्यक्रममा बिभिन्न सँघ-संस्थाका प्रतिनिधिहरु लगायत अन्य कुवेतवासी नेपालीहरु, कलाकारहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

नेपालकुवेत डट कमका प्रधान सम्पादक राजन रिमालद्धारा सञ्चालित उक्त देउसी भैलो कार्यक्रममा श्रम-सहचारी सृजना तिवारी, NRNA कुवेतका अध्यक्ष राजेन्द्र तामाङ, उपाध्यक्ष राजु थापा, कोर्डिनेटर राजन कुवँर, मगर सँघ कुवेतका अध्यक्ष मित्र सिंजाली, कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आले, सम्पादक तथा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका सचिव ईन्द्र भुषाल, जन-सम्पर्क समितिका अध्यक्ष राजु खड्का, जन-जागृती यूवा समाजका अध्यक्ष दीपक क्षेत्री, उपाध्यक्ष ठाकुर पौडेल, म्यानपावर एसोसियसनका अध्यक्ष कल्याण श्रेष्ठ, जन-प्रगतिशील मञ्चका अध्यक्ष कुमार झापाली, युएई एक्सचेन्ज कुवेततका नेपाली प्रतिनिधि राम बस्नेत, लालीगुराँस परिवारका अध्यक्ष बि.बि मल्ल, मजदुर संघका अध्यक्ष टिन्डुप शेर्पा, नेपाली चर्चका धर्मगुरु अगम लिम्बु र ईस्लामिक प्रिजेन्टेसन कमिटिका केदारनाथ खरेल लगायतले दिपावलीको शुभकामना मन्तब्य दिएका थिए ।

नेपालीहरु जुनसुकै जात, धर्म र वर्गका भए पनि नेपाली संस्कृतिलाई प्रबासमा रहेर पनि मुर्तरुप दिने र प्रबासी नेपालीहरुमा आपसी सदभाव तथा एकता कायम गराउने उद्देश्यले कोसेली समुहले उक्त सामुहिक देउसी भैलो कार्यक्रमको आयोजना गरेकोमा सबैले आयोजकलाई बधाई तथा शुभकामना दिएका थिए । सोही अवसरमा पत्रकारिताको क्षेत्रबाट युएई एक्सचेन्जलाई भरपुर टेवा पुर्‍याएको भनी आभार प्रकट गर्दै नेपालकुवेत डटकमका प्रवन्ध निर्देशक सुजन केसि र कुवेतनेपाल डटकमका प्रधान समपादक जय आलेलाई युएई एक्सचेन्ज कुवेतद्वारा सम्मान गरिएको थियो भने उक्त देउसी भैलो कार्यक्रममा समेत युएई एक्सचेन्जले सहयोग गरेको छ ।

कोसेली परिवारले चरणबद्ध रुपमा देउसी भैलो तथा नाचगान प्रस्तुत गरेर सबैको मन जितेका थिए भने सम्पूर्ण सँघ-संस्थाले दिल खोलेर देउसेलाई दान दिए । कार्यक्रमकी मुख्य आकर्षण बनेकी मजदुर संघकी सचिव तारा पौडेलले छमछम नाच्दै सबैलाई नचाईन भने चर्चित लोक गायक राजेन्द्र बिरही, बिबी मल्ल, मनोज मनसुनको साथमा दिनानाथ दाहाल तथा दोहोरीकी नयाँ चेहरा बिनिता भण्डारीको दोहोरी गीत र सिमा घिमिरेको भट्याउने लयले देउसीलाई थप मनोरञ्जनात्मक बनायो ।

कार्यक्रममा तिहारका परिकारहरु सेल रोटी, अचार, जुस, स्याउ, केरा र मिठाईहरु उपस्थित सबैलाई भरपुर भोजन गराईएको थियो । रोटी अचार बनाउन सन्त बहादुर बस्नेतको नेतृत्वमा बिष्णु माया तामाङ् र निरु तामाङ् लगायतले जिम्मा लिएका थिए भने मजदुर संघकी सचिव तारा पौडेलले पनि रोटी र अचार सौजन्य स्वरुप ल्याएकी थिइन् ।

कार्यक्रममा एकमुष्ठ ३९३ दिनार २५० फिल्स जम्मा भएकोमा २५२ दिनार कार्यक्रम खर्च भई १४१ दिनार आम्दानी भएको जनाईेको छ भने उक्त आम्दानीलाई आगामी कोसेली प्रकाशनको लागि खर्च गरिने आयोजकले जनाएको छ । दिनको ३.३० बजेबाट शुरु भएको देउसी भैलो साँझको ७.०० बजे समाप्त भएको थियो ।

कार्यक्रमका केही झलक:

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.