भाइटीकाको साइत ११ बजेर २३ मिनेटमा


कागपूजाको अघिल्लो दिनदेखि नै तिहार लाग्ने
२४ कात्तिक, बजारमा तिहारको रमझम शुरु भैसकेको छ । तिहारको लागि आवश्यक पर्ने फूलमाला, भाइमसला, मैनबत्ती, पाला, झिलिमिली बत्ती लगायतका आवश्यक सरसामग्रीको कारोबार विस्तारै बढ्दै गएको छ । फूलमालाको कारोबार कागतिहारको दिन अर्थात सोमबारदेखि धेरै हुने व्यापारीहरुको भनाई छ । मंगलबारदेखि तिहार बिदा हुने भएकाले सोमबारदेखि घर जानेहरुको घुईंचो पनि बढ्नेछ ।

सोमबार २७ गते कागतिहार भएपनि यमपञ्चक अर्थात तिहार चाहिं २६ गतेदेखि नै शुरु हुँदैछ । खासगरी तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्म मनाईने गरिन्छ । यस हिसाबले कात्तिक २६ गते बिहान १० बजेर १८ मिनेटमा त्रयोदशी तिथि शुरु हुने भएकाले तिहार यही दिनदेखि शुरु हुने नेपाल पञ्चांग निणर्ायक समितिले जनाएको छ । २६ गते साँझ दैलोमा यमराजलाई स्मरण गरी आहृवान स्वरुप दीपदान गरिन्छ ।

पुराणका अनुसार यस पर्वमा यमराज आˆना दैनिक कार्य स्थगन गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना भई बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । कात्तिक २७ गते सोमबारका दिन त्रयोदशी उदयकाल रहेकाले बिहान धार्मिक मान्यताअनुसार कागलाई पूजा गरी विविध खानेकुरा दिने काम हुन्छ । कागको पूजा गरी काग तिहार मनाउनु उपयुक्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

कात्तिक २८ गते मङ्गलबार बिहान सूर्य उदयकाल ६ बजेर ३४ मिनेटसम्म चतुर्दशी उप्रान्त औँसी तिथि परेकाले त्यो दिन कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । बिहान कुकुरको पूजा गर्ने, साँझ प्रदोश र अर्धरात्री कालमा धनकी देवी लक्ष्मीको पूजा आराधना तथा दीपावली गर्नु उत्तम रहेको ढुंगेलले बताउनुभयो । त्यही दिन लक्ष्मीपूजा र गोवर्द्धन पूजाका साथ देउसीभैलोको उल्लास पनि शुरु हुन्छ ।

झण्डै दशैंको जस्तै भाइटीकाको साइत

दशैंमा टीकाको साइत ११ बजेर २९ मिनेटमा थियो । अहिले भाइटीकाको शुभसाइत पनि झण्डै यही समयमा परेको छ । पञ्चांग निणर्ायक समितिका अनुसार कात्तिक ३० गते बिहीबार ११ बजेर २३ मिनेटमा भाइटीकाको लागि उत्तम साइत परेको छ । यस्तै कात्तिक २९ गते बुधबार कात्तिक शुक्ल प्रतिपदाका दिन बिहान गोवर्धन पूजा, गाई-गोरु पूजा तथा साँझ म्हः पूजा -आत्म पूजा) गर्नु उपयुक्त रहेको छ ।

तिहारको अन्तिम दिन भाइटीकाको दिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूज्ाा गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ । लक्ष्मीपूजादेखि भाइटीकासम्म सबैतिर सफा राखी दैलो-सङ्घार, झ्याल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्‍याङ आदि ठाउँमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ ।

दशैं सकिए लगत्तै आउने अर्को महत्वपूर्ण चार्ड भएकाले तिहारमा पनि पिङ खेल्ने चलन छ । दशैंमा हालिएको पिङ तिहारपछि मात्र फुकाइन्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.