सगरमाथाबाट प्याराग्लाइडिङ गर्ने नेपाली प्यारा-पाइलट फाइनलमा


सन्तोष पोखरेल, पोखरा, कात्तिक २४ – सगरमाथाबाट समुन्द्री सतहसम्म प्याराग्लाइडिङ उडाएर कीर्तिमान बनाएका पोखरेली प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवार विश्वकै साहसिक खेल ‘रेडबुल एक्स आल्पस’ को फाइनल स्पर्धामा छानिएका छन्। प्याराग्लाइडिङमा उडेर, दौडेर र हिँडेर गरिने यो स्पर्धाको सन् २०१३ संस्करणका लागि उनी विश्वभरका हजारौं साहसिक पाइलटमध्येबाट छनोटमा परेका हुन्।
युरोपका विभिन्न देशका अग्ला डाँडा, झाडी, नदीनाला पार गर्दै गरिने यो प्रतिस्पर्धा जोखिम र चुनौतीपूर्ण मानिन्छ। सुनुवारसहित उत्कृष्ट ३१ जनाले आगामी जुलाई ७ मा फाइनल प्रतिस्पर्धा गर्नेछन्। अन्तिम चरणका प्रतिस्पर्धीले अस्ट्रियाको साल्जबर्गबाट फ्रान्सको मोनाकोसम्मको करिब ९ सय किलोमिटर दूरी प्याराग्लाइडिङबाट उडेर वा दौडेर र हिँडेर पूरा गर्नुपर्नेछ।
विश्वकै साहसिक मानिएको यो प्रतियोगिताको छनोटमा पर्नु चुनौतीपूर्ण अवसर भएको सुनुवारले बताए। ‘विश्वभरमा हजारौं साहसिक व्यक्तित्वमध्येबाट ३१ जनामा छनोटमा पर्नु,’ सुनुवारले नागरिकसँग भने, ‘यो समग्र नेपाल र नेपाली साहसिक पाइलटको सफलता हो।’ उक्त स्पर्धामा आफू छनोटमा परेको उनले मंगलबार बेलुकीमात्र जानकारी पाएको बताए।
फाइनल स्पर्धाका प्रतियोगीले अस्ट्रियाबाट सुरु भई इटली, जर्मनी, स्विट्जरल्यान्ड हुँदै फ्रान्स पुगेर दूरी तय गर्नुपर्नेछ। उड्ने, हिँड्ने र दौड्ने विधामा रेकर्ड कायम गरेका व्यक्ति नै यो प्रतियोगिताको छनोटमा पर्ने सुनुवारले जानकारी दिए। ‘तीनैवटा विधामा चुस्त हुनुपर्छ, प्याराग्लाइडिङबाट उड्न सक्ने भएरमात्र हुँदैन, डाँडापाखामा दौडने र हिमाली क्षेत्रमा हिँड्ने क्षमता पनि चाहिन्छ,’ सुनुवारले भनेे।
यसका सहभागीले उत्कृष्टमा छानिन सक्नुलाई पनि आफ्नो लक्ष्य पूरा भएको ठान्ने उनले बताए। ‘साहसिक खेलको क्षेत्रमा लागेका व्यक्तिको यो स्पर्धामा सहभागिता जनाउने नै अन्तिम सपना हुन्छ, मेरो पनि त्यही सपना थियो,’ उनले भने, ‘हामीले त सहभागिता जनाउन पाउनु पनि ठूलो कुरा हो।’
सात वर्षदेखि पोखराको ब्लुस्काई प्याराग्लाइडिङ कम्पनीमा आबद्ध टेन्डम पाइलट सुनुवार गत जुनमा यही प्रतियोगिताको छनोट अभ्यासमा लागि अस्ट्रिया गएका थिए। त्यहाँ एक महिना लगाएर उनले उक्त दूरीको अभ्यास गरेका थिए। ‘फाइनल स्पर्धामा निश्चित समय नतोकिए पनि प्रथम व्यक्ति अन्तिम बिन्दुमा पुगेपछिको २४ घण्टा समय पाइन्छ,’ उनले भने, ‘त्यो समयभित्र सबै प्रतियोगी गन्तव्यसम्म पुगिसक्नुपर्छ।’
छनोटमा परेका सुनुवारले प्रथम हुनका लागि सक्दो मेहनत गर्ने बताए। ‘चुनौती पनि छ, सकेसम्म राम्रो गर्छु भन्ने लागेको छ,’ उनले भने, ‘भाग्यले साथ दिए अवश्य सफल हुनेछु।
उनले यो अति नै महँगो इभेन्ट भएको बताए। ‘छनोटमा परेकोमा खुसी लागेको छ, तर त्यसका लागि खर्च कसरी जुटाउने भन्ने चिन्ता पनि छ,’ उनले भने।
प्याराग्लाइडिङबाट उडेर सर्वाेच्च शिखर सगरमाथादेखि समुन्द्री सतहको जिरो लेभल (समिट टु सी) पुग्न सफल उनलाई नेसनल ज्योग्राफिक च्यानलले २०१२ का ‘वर्ष साहसिक’ को उपाधि दिएको थियो। उनले अघिल्लो मे २१ मा सगरमाथाको चुचुरोबाट प्याराग्लाइडिङमा उडेर जुन २८ मा समुन्द्री सतह छोएका थिए। उनले नेसनल ज्योग्राफिकको उपाधिसहित मेची-महाकाली प्याराग्लाइडिङ उडानका आधारमा छनोटमा परेको पनि जानकारी दिए।
आयोजकले रेडबुल एक्स आल्पसको दसवर्षे इतिहासमा केही चर्चित र परिचित साहसिक व्यक्ति पनि सहभागी हुन लागेको आफ्नो वेभसाइटमा उल्लेख गरेको छ। प्रतियोगिताको रेस डाइरेक्टर क्रिस्टोफ वेबरले वेभसाइटमा लेखेका छन्, ‘यो खेलका प्रतिस्पर्धी छनोट गर्न निकै कठिन भयो। धेरै अनुभवी र च्याम्पियन साहसिक पाइलटले यसको छनोटका लागि आवेदन दिएका थिए, तिनैमध्येबाट हामीले छनोट गरेका हांै।’
‘आवेदन दिएका मध्ये सर्वाेच्च शिखर सगरमाथाका आरोही तथा नेपाली साहसिक पाइलट सानोबाबु सुनुवार पनि छन्, जसले सगरमाथाबाट उडेर जिरो लेभलको समुन्द्री सतहसम्म पुगेका थिए,’ उनले भनेका छन्, ‘सुनुवार नेसनल ज्योग्राफिकको साहसिक व्यक्तिको उपाधिसमेत पाएका व्यक्ति हुन्।’

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.