मुलुक नयाँ मेगा आयोजनाविहीन


बालकृष्ण ज्ञवाली, कात्तिक २४ – जनआन्दोलन पछिको राजनीतिक खिचलोले लगातार सात वर्ष समयमा बजेट नआउँदा मुलक नयाँ मेगा आयोजनाविहीन बनेको छ।  जन आन्दोलन २०६२-६३ पछिका ७ वर्षमा एक पटक (गत वर्ष) मात्र समयमा बजेट आएको छ। यसमा पनि महत्वपुर्ण नयाँ कार्यक्रम राखिएको छैन। मुलुक अहिले पनि एक तिहाई बजेटमा चलिरहेको छ।

सरकारले अहिले राष्ट्रिय गौरवका रुपमा प्रस्तुत गरेका र मुलुकको आर्थिक विकासलाई गति दिने खालका सबै आयोजना कम्तिमा पाँच वर्ष पुराना हुन्।
काठमाडौं-निजगढ फास्टट्रयाक, हुलाकी राजमार्ग, मध्यपहाडि राजमार्ग, सिक्टा सिचाई, रानी जमरा सिचाई आयोजना, पूर्व पश्चिम रेलमार्ग, काठमाडौं मेट्रो आयोजना, मेलाम्ची खानेपानीलगायतका परियोजनालाई सरकारले अहिले राष्ट्रिय गौरवका आयोजनाका रुपमा प्राथमिकता दिएको छ। तर, यी सबै आयोजना पुराना सरकारहरुले ल्याएका हुन्।
मध्यपहाडी लोकमार्ग, काठमाडौं मेट्रो,रानी जमरा सिंचाई आयोजना पूर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेको पालामा आएका हुन्। हुलाकी राजमार्गका लागि भारतसँग सम्झौता गरी बजेटमा रकम विनियोजन पनि उनकै पालादेखि भएको हो।
फास्टट्रयाक, हुलाकी राजमार्ग, सिक्टा सिंचाई आयोजना यसअघिका सरकारले ल्याएका परियोजनाहरु हुन्। मेलाम्ची आयोजना आएको १० वर्षभन्दा पनि बढी भइसकेको छ। यस्तै प्रधानमन्त्रि बाबुराम भट्टरार्ई अर्थमन्त्रि भएका बेला पूर्व पश्चिम रेलमार्ग बनाउने घोषणा गरिएको थियो।
‘पुराना आयोजनालाई निरन्तरता दिदै प्रत्येक वर्ष नयाँ योजनाहरु समेटिनु पर्ने हो,’ पूर्व अर्थसचिव कृष्णहरी बास्कोटाले बिहीबार नागरिकलाई भने ‘तर त्यसो हुन सकेको छैन। अहिलेका ठुला र महत्वपूर्ण आयोजनाहरु सबै पाँच छ वर्ष पुराना हुन्।’
अर्थमन्त्रि वर्षमान पुनले पनि सरकारले पुरानै आयोजनालाई निरन्तरता दिन बाध्य भएको बताए। अहिलेको सरकार १४ महिनादेखि विपक्ष्ीाको बजेट बोकेर हिडन बाध्य भएको छ, उनले भने।
‘बजेटमा भइरहेको विवादले विगतका सरकारले पनि मेघा प्रोजेक्ट ल्याउन सकेनन्,’ पुनले भने ‘यसले अन्तत मुलुकको विकासको गतिलाई रोकेको छ।’ अहिले पनि सबै दल बजेटमै अल्भि्कने हो भने मुलुक कहाँ पुग्छ? उनले प्रश्न गर्दै भने यसमा सबै पार्टीले सोच्नु पर्ने हो ।
‘मुलुकको आर्थिक एजेण्डालाई राजनीतिबाट पर सार्न मैले न्यूनतम आर्थिक मुद्धामा दलहरुलाई सहमति गराउन खोजेको हुँ, मन्त्रि पुनले भने ‘तर दुभार्ग्य अहिलेसम्म सहमति हुन सकेको छैन।’ पुनले न्यूनतम आर्थिक मुद्धामा दलहरुसँग सहमति गरी समयमा बजेट ल्याउन पहल गरेका थिए।
विगतमा अर्थमन्त्रिले पनि समयमा बजेट ल्याउन नपाउँदा नयाँ कार्यक्रम राख्न नपाएका हुन्। अघिल्ला वर्षहरुमा पनि बजेटमा दलहरुबीच सहमति हुन नसक्दा ठुला र महत्वका कार्यक्रम आउन सकेनन, बास्कोटाले भने।
आर्थिक विकासमा सबैभन्दा बढी र प्रत्यक्ष संलग्न राख्ने निर्माण व्यवसायीहरुले पनि नेताहरुको झगडाले मुलकमा नयाँ आयोजनाहरु आउन नसकेको बताए। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराज लामिछानेले राजनीति र आर्थिक विकास भिन्न कुरा हुन् भन्ने नेताहरुले नबुझदा मुलुक विकासमा अधोगति तिर धकेलिएको बताए। ‘राजनीति गर्नेले अहिले देशको हत्या गर्न खोजिरहेका छन् यो पराकाष्ठ हो,’ उनले भने।
उनका अनुसार पछिल्लो पाँच सात वर्षदेखि लगातार रुपमा समयमा बजेट नआउँदा साना व्यवसायीहरु पलायन हुने अवस्थामा छन्। ‘ठुला केही व्यवसायीहरु मात्र निर्माणाधीन पुराना आयोजनामा संलग्न छन्,’ उनले भने ‘साना व्यवसायीहरु भने पेसाबाटै पलायन भइरहेका छन्।’ बजेटमा एक वर्षका लागि राखिने निर्माण कार्यक्रमको ठेक्का साना व्यवसायीहरुले लिन्छन्।
अध्यक्ष लामिछानेले काम नपाए पछि निर्माणमा संलग्न मजदुरहरु पनि खाडी मुलुक र भारततर्फ लागेकाले अब बजेट आएर पैसा भए पनि विकासका निर्माण कार्यक्रम संचालन गर्न कठिनाई हुने बताए। व्यवसायीहरुसँग भएका करिव ३ अर्ब रुपैयाँका मेसिन र औजारमा खिया लाग्न थालेको जानकारी दिदै उनले यस्ता वस्तु भारतमा लगेर कौडीको भाउमा बेच्नुपर्ने वाध्यता रहेको बताए।
बजेट समयमा नआउँदा नयाँ आयोजना नआउने मात्र नभइ विकास खर्च पनि हुन सकेको छैन। यसले समग्र आर्थिक क्रियाकलापमा नै असर पारिरहेको छ। विकास आयोजना संचालन गरी निजी क्षेत्रलाई अगाडि बढाउन पनि समयमा बजेट आउनु पर्छ। सरकारले बजेटमार्फत गर्ने खर्चमा निजी क्षेत्रले ५-६ गुणा बढी लगानी गर्ने अनुमान अर्थका अधिकारीहरु गर्छन्। ‘एक अर्ब रुपैयाँ सरकारले खर्च गर्दा निजी क्षैत्रले ५-६ अर्ब लगानी गर्ने सरकारी अनुमान छ ,’अर्थ मन्त्रालयका प्रवक्ता राजन खनालले भने। अहिले बजेट नआएकाले निजी क्षेत्र पनि लगानी नगरी अलमलाएर बसेको छ।
चालु आवको पहिलो चार महिनाका लागि २० अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन भएकामा तीन महिनामा डेढ अर्ब पनि खर्च भएको छैन।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.