एमाओवादी र कङ्ग्रेसको कुरो मिलेन, ३० मिनेटमै वार्ता टुंगियो


बालकृष्ण अधिकारी, कात्तिक २३ – छलफलका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवासमा पुगेका नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालासहितको टोली कुरो नमिलेपछि फर्किएको छ। नयाँ सरकार निर्माण र बजेट’bout छलफलमा जुटेका एमाओवादी र कङ्ग्रेसका नेताबीच कुरा नमिलेपछि आधा घन्टामै वार्ता टुटेको थियो।  ‘उहाँहरुले बाबुराम भट्टराईकै नेतृत्वमा सहमतीय सरकारमा आउनुपर्र्यो भन्नुभयो,’ वार्तापछि नागरिकन्युजसँग कुरा गर्दै कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, ‘हामीले त्यसमा असहमति जनायौं। र, बाहिरियौं।’

पौडेलका अनुसार अध्यक्ष दाहालले राष्ट्रिय स्वरुपको सरकार बाबुरामकै नेतृत्वमा बनाउन र पूर्ण बजेटका लागि सहमति मागेका थिए। तर, कङ्ग्रेस सभापति कोइरालाले त्यसमा असहमति जनाए। ‘निर्वाचन र बजेट दुबै यो सरकारबाट हुँदै भन्ने हाम्रो पुरानो अडान नै दोहर्यामयौं,’ पौडेलले भने, ‘सहमतीय सरकार नबनाई हामी बजेट ल्याउन र चुनाव गर्ने कुरामा सहमति जनाउन सक्दैनौं।’

पौडेलले कङ्ग्रेस आन्दोलनबाटै अगाडि बढ्ने जानकारी दिएर फर्केको बताए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.