Daily Archives: 08/11/2012

आप्रवासी नेपालीको हक सुनिश्चित गर्न सम्मेलन हुने


२३ कात्तिक,  नेपाली आप्रवासी कामदारहरुको अधिकार सुनिश्चित गर्ने उदेश्यले नेपालमा अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ ।राष्ट्रिय मानव अधिकार आयोगको अगुवाईमा दक्षिण र पूर्वी एसियाली मुलुकहरुको सहभागितामा आउँदो मंसिर ११ र १२ गते काठमाण्डौंमा सम्मेलन हुन लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

पुरानै समझदारीमा जहाज बेच्न एयरबस तयार


सुशील भट्टराई, काठमाडौं, कात्तिक २३-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई तीन वर्षअघिकै समझदारीअनुसार जहाज बेच्न युरोपेली जहाज निर्माता कम्पनी एयरबस तयार भएको छ। निगम र एयरबसका उच्च अधिकारीहरूबीच मंगलबारदेखि दुई दिनसम्म चलेको वार्तापछि पुरानै समझदारीअनुसार जहाज बेच्न एयरबस तयार भएको हो। तीन वर्षअघि निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई ठूला जहाज खरिद गर्न मागेको ‘ग्लोबल टेन्डर’ जितेको एयरबस अहिले फेरि पुरानै समझदारीमा जान तयार भएको हो।  पढ्नेक्रम जारी राख्नुहोस्

एमाओवादी र कङ्ग्रेसको कुरो मिलेन, ३० मिनेटमै वार्ता टुंगियो


बालकृष्ण अधिकारी, कात्तिक २३ – छलफलका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवासमा पुगेका नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालासहितको टोली कुरो नमिलेपछि फर्किएको छ। नयाँ सरकार निर्माण र बजेट’bout छलफलमा जुटेका एमाओवादी र कङ्ग्रेसका नेताबीच कुरा नमिलेपछि आधा घन्टामै वार्ता टुटेको थियो।  ‘उहाँहरुले बाबुराम भट्टराईकै नेतृत्वमा सहमतीय सरकारमा आउनुपर्र्यो भन्नुभयो,’ वार्तापछि नागरिकन्युजसँग कुरा गर्दै कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, ‘हामीले त्यसमा असहमति जनायौं। र, बाहिरियौं।’ पढ्नेक्रम जारी राख्नुहोस्