मृगौला पिडीत झविकला थापामगरको सहयोगार्थ मगर संघ कुवेत जिलिव ईकाई समितिबाट ने.रु ३०,००० प्रदान


बिपिन गुरुङ, कुवेत

नेपालको अर्घाखाँची  जिल्ला, जलुके गा.वि.स, वडा नं. १ निवासी जीत बहादुर थापामगरकी २९ वर्षिया श्रीमती झविकला थापामगर नेपालमा मृगौला रोगबाट पीडित रहेकी र उनको गतवर्ष २०६८ कार्तिकदेखी National Kidney Center मा निरन्तर रुपमा डायलासिसको उपचार भैरहेकोले उनको उपचारमा सहुलियत होस् भनी मगर सँघ कुवेत जिलिव ईकाई समितिले ने.रु ३०,०००  (तिस हजार) नगद सहयोग स्वरुप प्रदान गरेको छ ।

अस्पताल सुत्रकानुसार एक पटक फिस्टुलाद्वारा गरिने डायलासिसको शुल्क ३०००(तीन हजार) नेपाली रुपैया लाग्दछ जुन जिन्दगी भरी वा मृगौला प्रत्यारोपण नहुन्जेलसम्म हप्ताको दुई पटक गर्नु पर्ने हुन्छ भने राम्रो स्तरीय डायलासिस गर्नको लागि बिरामीलाई हप्ताको ३००० (तीन हजार) नेपाली रुपैया पर्ने सुई (EPO) वा रगत आवश्यकता अनुसार दिनुपर्ने हुन्छ । यी खर्चहरु शिवाय विरामीले लिने दैनिक औषधीहरु, आउने जाने भाडा र खाने बस्ने आदि–इत्यादी खर्चहरु अलग्गै छन् ।

सहयोगी दाताहरु मगर संघ कुवेत ईकाई समिति जिलिवका कार्यकारी अध्यक्ष रोशन थापामगर, उपाध्यक्ष नन्द थापामगर, सचिव श्याम बैजालीमगर, सह–सचिव दिनेश थापामगर, कोषाध्यक्ष बलराम पालुङ्गेमगर र साम्पूर्ण कार्यसमितिका सदस्यहरु एवं सहयोगी दाताहरुले मृगौला पीडित झविकला थापामगरलाई संस्थाबाट सक्दो सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै उनको मृगौला प्रत्यारोपण छिट्टै र सफलतापूर्वक होस् भन्ने कामना गरेका छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.