Daily Archives: 07/11/2012

मृगौला पिडीत झविकला थापामगरको सहयोगार्थ मगर संघ कुवेत जिलिव ईकाई समितिबाट ने.रु ३०,००० प्रदान


बिपिन गुरुङ, कुवेत

नेपालको अर्घाखाँची  जिल्ला, जलुके गा.वि.स, वडा नं. १ निवासी जीत बहादुर थापामगरकी २९ वर्षिया श्रीमती झविकला थापामगर नेपालमा मृगौला रोगबाट पीडित रहेकी र उनको गतवर्ष २०६८ कार्तिकदेखी National Kidney Center मा निरन्तर रुपमा डायलासिसको उपचार भैरहेकोले उनको उपचारमा सहुलियत होस् भनी मगर सँघ कुवेत जिलिव ईकाई समितिले ने.रु ३०,०००  (तिस हजार) नगद सहयोग स्वरुप प्रदान गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नजाउ कतै (गजल)


मनोज -मनसुन


छोडेर घर वर र पर सुन्य नै पारेर
नजाउ कतै ए मेरी प्यारी माया नै मारेर
ए मेरी प्यारी कतिदिन एक्लै बसुँला म यहाँ
त्यो तिम्रो काख भुलेर अब जानु पो म कहाँ (१) पढ्नेक्रम जारी राख्नुहोस्

पर्सी शुक्रबार फुटबल टिम दर्ता र टाईसिट सार्वजनिक हुने, खेल भब्य र अनुशासित बनाउन आयोजक स्विडिशबाट नियमावली सार्वजनिक


ईन्द्र भुसाल, कुवेत

जब जाडो मौसम शुरु हुन्छ प्रबासमा बिशेष गरी खाडी देशमा शुरु हुन्छ नेपाली सँघ-संस्थाहरुको कार्यक्रम अनी बिभिन्न खेलका गतिबिधिहरु । पर्सी शुक्रबार कुवेतमा करिब एक हजार नेपालीले काम गर्न कम्पनी स्विडिशले १६ तारिक आयोजना गर्ने अन्तर नेपाली नक आउट फुट्बल प्रतियोगिताको लागि टिम दर्ता र टाइसिट बितरण गर्ने कार्यक्रम छ दिन को २ बजे मालियामा भने ३ बजेबाट शुरु हुन्छ कोसेली न्युजको देउसी भैलो कार्यक्रम जहाँ कुवेतबासी नेपालीहरुले भब्य रुपमले मनाउने छन । पढ्नेक्रम जारी राख्नुहोस्

लिलाममा राखिएको सम्पति बिक्दैन, व्यवसायी कालोसुचीमा


विज्ञान अधिकारी/सुदर्शन सापकोटा, कात्तिक २२ – ग्राहकले ऋण तिर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाले लिलाममा राखेको सम्पत्ति बिक्न छाडेको छ। ऋण नतिरेपछि बैंकहरुले पनि उनीहरुलाई धमाधम कालोसूचीमा राख्न थालेका छन्। ऋण लिने अधिकांश ग्राहकले धितोका रुपमा घरजग्गा तथा अन्य अचल सम्पत्ति राख्ने गर्छन्। समयमा ऋण नउठेपछि यही सम्पत्ति लिलामीमा राख्दै बैंकहरुले सञ्चालकलाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई सिफारिस गर्न थालेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

१५ वर्ष जेल बसेका नेपाली निर्दोष ठहर


काठमाडौँ, कात्तिक २२ – सन् १९९७ मा भएको हत्याको आरोपमा १५ वर्षसम्म जापानको जेलमा सजाय काटेका नेपाली गोविन्द्प्रसाद मैनालीलाई टोक्यो उच्च अदालतले आज निर्दोष ठहर गर्दै सफाइ दिएको छ। डीएनए प्रमाणको आधारमा ४६ वर्षीय मैनालीलाई निर्दोष ठहर गरिएको क्योदो समाचार एजेन्सीले जनाएको छ। हत्याको आरोपमा उनलाई आजीवन कैदको सजाय सुनाइएको छ। उनी १५ वर्षसम्म जेलमा बसेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकी राष्ट्रपतिमा पुनः ओबामा निर्वाचित


कात्तिक, काठमाण्डौ । अमेरिकी राष्ट्रपतिमा बराक ओबामा दोस्रोपटक निर्वाचित भएका छन् । जारी मतगणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति ओबामाले जित्नका लागि चाहिने २ सय ७४ इलेक्ट्रोल मत पाइसकेका छन् । ओबामाको पुनः जीतसँगै उनको चुनावी अभियान कार्यालयमा हजारौं सर्मथकहरुले खुसीयाली मनाइरहेका छन् । ओबामाका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका मिट रोम्नीले २०३ मत मात्र पाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्