Daily Archives: 05/11/2012

अप्सरा हल गुन्जिने देउसी भैलोले, देउसी भैलोको खुशीले सामाजिक कार्यको दिशा लिंदै


ईन्द्र भुसाल, कुवेत

बडा दसैं सकिएपछी अब रन्को दिपावलीको रहेको छ भने संसारका बिभिन्न देशमा छरिएर बसेका नेपालीहरु यो पर्वलाई मनाउन कोही नेपाल फर्कदै छन भने कोही प्रबासमै रमाउने तयारीमा जुटेका छन । अन्य देशमा झै कुवेतको नेपाली समाज पनि बिभिन्न कार्यक्रम गर्दै यो पर्व मनाउन लागि परेको छ । प्रबासी नेपाली खेलाडीहरुलाई दिपावली कै मौका पारेर स्विडिश कम्पनिमा कार्यरत नेपालीहरुले १६ तारिक अन्तर नेपाली फुट्बल प्रतियोगिता राखेका छन भने कोसेली न्युज परिवारले ९ तारिक शुक्रबार खेल्ने देउसी भैलोको तयारी तिब्र रुपमा भएको जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मेरिना श्रेष्ठको छैटौं जन्मोत्सवमा हार्दिक आमन्त्रणा !!


हाम्रा स्नेही मित्र, नेवा: गुठीका कुवेतका अध्यक्ष एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सुरक्षा बिभाग प्रमुख श्री नवराज श्रेष्ठ र वहाँकी धर्मपत्नी सुनिता श्रेष्ठज्यूकी सुपुत्री सुश्री मेरिना श्रेष्ठको ०९ नोभेम्बर २०१२ मा छैटौं जन्मोत्सव परेकोले सम्पूर्ण कुवेतवासी आफन्तजन एवं अभिभावकहरुलाई निम्न स्थान र समयमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कोरियामा रहेका पुर्व बिधार्थीहरुबाट बिद्यालय बिकासको लागि एक लाख दुई हजार एक सय मञ्चलाई सहयोग


सुरेश गुरुङ,कुवेत
सबैको भाबनाको कदर गरेको छ भुपु बिधार्थी मञ्चले..
आफुहरुले बाल्यकालमा अध्ययन गरेको बिद्यालयको चौतर्फी बिकास गर्ने उदेस्यले करिब तीन बर्ष पहिला गठन गरेको भुतपुर्व बिधार्थी मञ्च स्थापनाको छोटो समय मै पर्वतको पाखापानी गा बि स मा सबैको मनमा बस्न सफल भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

लालिगुराँस साँस्कृति परिवारको महाअधिवेशन ११ जनवरी २०१३ मा हुने


शिव पौडेल
“हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने मुलवाणीलाई ह्रदयंगम गर्दै प्रवासमा रहेर पनि नेपाल र नेपालीको पहिचान, भेषभूषा, भाषालिपि र संस्कार, संस्कृतिलाई एक साँस्कृतिक माध्यमबाट जगेर्ना गर्न र बिश्वमा चिनाउन सफल लालीगुराँस साँस्कृतिक परिवार, नेपाल–कुवेतको यस कुवेत नगरीमा आउँदो जनवरी ११ तारिकका दिन महाअधिवेशन हुने परिवारका उपाध्यक्ष राजेन्द्र बिरहीले कुवेतनेपाल डटकमलाई जानकारी गराउनु भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

तिहार अघि नै बजेट ल्याउने तयारी


२० कात्तिक, सत्तारुढ दल समर्थिक संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चाले प्रतिपक्षि दलहरुसँग सहमित गरी तिहार अघिनै बजेट ल्याउन प्रधानमन्त्री बाबुराम भट्टराईलाई आग्रह गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले बजेटका लागि प्रतिपक्षि दलहरुसँगको सहमति अनिवार्य भएको भन्दै सहमतिमा तिहार अघिनै बजेट ल्याउने गरी तयारी थाल्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेकपा-माओवादीलाई निःशर्त संविधानसभा चुनाव अस्वीकार्य


प्रकाश तिमल्सिना,कात्तिक २० – नेकपा-माओवादी निशर्त संविधानसभा चुनावको विपक्षमा उभिने भएको छ। केन्द्रीय कमिटी बैठकमा अधिकांश नेताहरू सशर्त चुनावको पक्षमा देखिएका पार्टीले जनाएको छ। संविधानसभाको नयाँ चुनावमा जाने-नजाने’bout पार्टीले अझ निर्णय नगरेको केन्द्रीय सदस्य भरत बमले बताए। ‘निशर्त संविधानसभा चुनावमा जान सकिँदैन,’ बमले भने, ‘त्यस्तो चुनाव राजनीतिक निकास र अग्रगमनका लागि बाधक हुन्छ।’ संविधानसभा चुनावमा जानुअघि ‘जनताको संविधान’ बन्ने’bout ग्यारेन्टी गर्नुपर्ने उनको भनाइ छ। पढ्नेक्रम जारी राख्नुहोस्