ओलीलाई आज भारत लगिँदै


१९ कात्तिक, नेकपा एमालेका बरिष्ठ नेता केपीशर्मा ओलीलाई थप उपचारका लागि आज दिल्ली लैजाने तयारी भइरहेको छ । उहाँलाई एयर उम्बुलेन्सबाट भारतको एपोलो अस्पतालमा लगिने एमालेले बताएको छ । एयर एम्बुलेस्नका लागि पैसा डिपोजिट भइसकेको र आकाशको मौसम अनुसार एक बजेसम्म कुनैपनि बेला लैजान सकिने तयारी गरिएको छ । ओलीलाई अस्ति नर्भिक अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । नर्भिक अस्प्तालका अनुसार उहाँको स्वास्थ्यमा सुधार देखिएको छ । फोक्सोमा भएको समस्याका कारण देखिएको निमोनिया, ज्वरो र स्वासप्रश्वास नियन्त्रणमा आएको अस्पतालका उप-निर्देशक आरपी मैनालीले जानकारी दिनुभयो ।
स्वास्थ्यमा सुधार देखिएपनि यसअघिका सबै उपचार दिल्लीमा भएकाले आज थप उपचारका लागि दिल्ली लैजान लागिएको उहाँको पारीवारीक स्रोतले जनाएको छ । दिउँसो एक बजेसम्म एयर एम्बुलेन्सबाट ओलीलाई दिल्ली लगिने तयारी भइरहेको एमाले नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
ओलीको अवस्थाका ’boutमा जानकारी दिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज विहान नर्भिक अस्पतालमा पुग्नुभएको थियो ।
नेता अधिकारी पनि अस्पताल भर्ना
यसैबीच नेकपा एमालेका नेता भरतमोहन अधिकारी पनि बिरामी भएर अस्पताल भर्ना हुनुभएको छ । नवलपरासीमा भएको एक कार्यक्रममा सहभागी हुन जानुभएका अधिकारी अस्वस्थ भएपछि चितवनको मेडिकल कलेजमा भर्ना गरी उपचार भईरहेको एमालले जनाएको छ । अधिकारीलाई उच्च रक्तचाप भएको उहाँको पारिवारीक स्रोतले जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.