Daily Archives: 04/11/2012

ओलीलाई आज भारत लगिँदै


१९ कात्तिक, नेकपा एमालेका बरिष्ठ नेता केपीशर्मा ओलीलाई थप उपचारका लागि आज दिल्ली लैजाने तयारी भइरहेको छ । उहाँलाई एयर उम्बुलेन्सबाट भारतको एपोलो अस्पतालमा लगिने एमालेले बताएको छ । एयर एम्बुलेस्नका लागि पैसा डिपोजिट भइसकेको र आकाशको मौसम अनुसार एक बजेसम्म कुनैपनि बेला लैजान सकिने तयारी गरिएको छ । ओलीलाई अस्ति नर्भिक अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । नर्भिक अस्प्तालका अनुसार उहाँको स्वास्थ्यमा सुधार देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मेसीलाई पुत्रलाभ


बार्सिलोना, कात्तिक १९ (एजेन्सी)- बार्सिलोनाका स्टार लियोनल मेसी शुक्रबार पहिलो बच्चाको बाबु बने पनि शनिबारको खेलमा उनी खेल्ने सम्भावना रहेको जनाइएको छ। बार्सिलोनाको क्याम्प नेउ रंगशालाबाट झन्डै सात सय मिटर टाढा रहेको एक अस्पतालमा मेसीकी प्रेमिका एन्टोनेला रोकुजोले शुक्रबार छोरा थिएगो जन्माएकी थिइन्। पढ्नेक्रम जारी राख्नुहोस्

पपुलिस्ट कार्यक्रमसहित तिहारअघि नै पूर्ण बजेट


विज्ञान अधिकारी,सुदर्शन सापकोटा,  कात्तिक १९ -राष्ट्रिय सहमतिको सरकारले मात्र बजेट ल्याउनुपर्ने विपक्षीको अडानविरुद्ध सरकारले ‘पपुलिस्ट’ कार्यक्रमसहित कात्तिकभित्र पूर्ण बजेट ल्याउने तयारी अघि बढाएको छ। तिहारअघि नै नयाँ कार्यक्रम समेटेर ४ खर्ब २९ अर्ब रुपैयाँबराबरको बजेट ल्याउन लागेको हो। ‘पूर्ण आकारको बजेट तिहारअघि नै ल्याउने गरी काम भइरहेको छ,’ पढ्नेक्रम जारी राख्नुहोस्