शुरु भयो कुवेतबासी नेपालीहरुको खेल सिजन, १६ नोभेम्बरमा सुपर च्यालेन्ज कप फुटबल प्रतियोगिताको स्विडिश कम्पनीले आयोजना गर्दै


ईन्द्र भुसाल, कुवेत

करिब १५ बर्ष पहिलाबाट कुवेतको प्रबासी जीवनमा खेलकुदको नाम त्यसैमा पनी फुट्बलको नाम लिनु पर्दा मुखैमा आउने नेपाली टिम स्विडिसले गत साल माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबले आयोजना गरेको प्रबासी दक्षिण एसियाली दोस्रो फुटबल खेल सम्पन्न गरेको सबा हस्पिटल नजिकको खेल मैदानमा “नक आउट सुपर च्यालेन्ज कप अन्तर नेपाली फुट्बल प्रतियोतिता” आगामी नोभेम्बर १६ तारिकमा आयोजना गर्ने घोषणा गरेको छ । नेपालीहरुको दोश्रो ठुलो पर्व दिपावलीको अबसर पारेर आयोजना गर्न लागिएको यो प्रतियोगितामा आयोजकले बिजयी हुने टिमलाई उचित पुरस्कारको ब्यबस्था गर्ने जानकारी पनि दिएको छ ।

कुवेतको नेपाली खेलकुदको ईतिहासमा सदैब चर्चामा रहने यो कम्पनीको टिमले माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब स्थापना हुनु भन्दा पनि पहिले नेपालीहरुको बिचमा खेलकुद कार्यक्रम आयोजना गरेको रमाइलो ईतिहास सुनाउँदै आयोजक मध्यका मोहन राईले नेपालीहरु बिच आपसी सद्भभाब बलियो हुँदै जावस अनी प्रबासमा पनि खेल खेल्न चाहने नेपाली युवाहरुको चाहना खुम्चिएर बस्न नपरोस भन्दै यो फुटबलको आयोजना गर्न लागिएको जानकारी दिनु भयो । नर बहादुर तामाङको सम्योजकत्वमा सन्चालन हुन गैरहेको यो प्रतियोगितामा प्रथम हुने टिमलाई कप, मेडल र प्रमाण-पत्रको साथमा शानदार खसीको पनि ब्यबस्था रहेको छ भने दोश्रो हुने टिमलाई कप, मेडल र प्रमाण-पत्र रहेको छ । त्यसको शिवाय अन्य खेलाडिहरुलाई पनि पुरस्कारको ब्यबस्था आयोजकले गरेको जानकारी मोहन राईले कुवेतनेपाल डटकमलाई दिनु भयो । करिब एक हजार भन्दा बढी नेपाली कार्यरत रहेको स्विडिश कम्पनीको दुई टिम रहेको छ भने आयोजकले सम्पूर्ण कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाहरुलाई निमन्त्रना गर्ने जनाएको छ ।

खेलकुदको लागि बिशेष पहल गर्दै आएको माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबका अध्यक्ष धर्मराज गिरीले कुवेतमा अन्य संस्थाहरुले पनि खेलकुदको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै क्लवले यस प्रतियोगितामा सक्दो सहयोग गर्ने क्लब प्रतिबद्दता जनाउनु भएको छ । ११ साईडमा खेलाईने उक्त खेलमा सहभागी हुने सम्पूर्ण टिमहरुलाई आफ्ना खेलाडिहरुको सिभिल आईडीको कपी र फोटो उपलब्ध गराउनु पर्ने जनाउँदै बिभिन्न १५ वुंदे खेल सम्बन्धी नियमावली पनि सार्वजनिक गर्ने भएको छ । टिम दर्ताको लागि आगामी शुक्रबार दिनको ठीक २ बजे मालियाको चौरमा उपस्थित हुन सम्पूर्ण टिमलाई आयोजकले आग्रह गरेको छ भने टिम दर्ता शुल्क ४० के.डी लाग्ने जानकारी दिएको छ ।

टिम दर्ता र अन्य जानकारीको लागि निम्न ब्यक्तिहरुलाई संपर्क गर्न सकिने छ ।
१) मोहन राई – 97372858
२) सागर छेत्री – 50651520
३) ईश्वरलाल चौधरी – 55815259
४) राजेन्द्र लामा – 60352184

बाँकी नियमावलीहरु भोलीको समाचारमा प्रकाशित गरिने छ ।

One response to “शुरु भयो कुवेतबासी नेपालीहरुको खेल सिजन, १६ नोभेम्बरमा सुपर च्यालेन्ज कप फुटबल प्रतियोगिताको स्विडिश कम्पनीले आयोजना गर्दै

  1. chams b.gharti(chhantyal)

    so goog program we r coming us kharafi national teams ok

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.