Daily Archives: 03/11/2012

शुरु भयो कुवेतबासी नेपालीहरुको खेल सिजन, १६ नोभेम्बरमा सुपर च्यालेन्ज कप फुटबल प्रतियोगिताको स्विडिश कम्पनीले आयोजना गर्दै


ईन्द्र भुसाल, कुवेत

करिब १५ बर्ष पहिलाबाट कुवेतको प्रबासी जीवनमा खेलकुदको नाम त्यसैमा पनी फुट्बलको नाम लिनु पर्दा मुखैमा आउने नेपाली टिम स्विडिसले गत साल माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबले आयोजना गरेको प्रबासी दक्षिण एसियाली दोस्रो फुटबल खेल सम्पन्न गरेको सबा हस्पिटल नजिकको खेल मैदानमा “नक आउट सुपर च्यालेन्ज कप अन्तर नेपाली फुट्बल प्रतियोतिता” आगामी नोभेम्बर १६ तारिकमा आयोजना गर्ने घोषणा गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एप्पलले फेरि हार्‍यो सामसुङसँग


अमेरिकी कम्पनी एप्पलले फेरि एकपटक सामसुङसँगको कानुनी लडाई हारेको छ । बेलायतको एक अदालतलेसामसुङसँग जोडिएको डिजाइन विवादसम्वन्धी वेबसाइटमा राखिएको जानकारी ४८ घण्टाभित्र सुधार गर्न आदेश दिएको छ । अदालतले १८ अक्टोबरमा सामसुङले एप्पलको आइप्याडको पंजीकृत डिजाइन’bout कुनै सीमा नतोडेको प्रष्ट सूचना आफ्नो वेबसाइटमा राख्न एप्पललाई आदेश दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

३ अर्बमा ६ जहाज किन्ने निर्णय


सुशील भट्टराई, कात्तिक १८ – सरकारले चीनसँग ३ अर्ब रुपियाँभन्दा बढीमा एकैपल्ट छ वटा जहाज किन्ने निर्णय गरेको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा हिजो चिनियाँ टोलीसँग भएको वार्तापछि जहाज किन्ने निर्णय भएको हो। निगमका उच्च अधिकारीहरू र चिनियाँ जहाज निर्माता कम्पनी एभिक होल्डिङ्सका उच्च अधिकारीहरूबीच दुई दिन लगातार भएको वार्तापछि शुक्रबार जहाज किन्ने निर्णय भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

पति १०७ वर्ष, पत्‍नी १०० वर्ष, विश्‍वकै लामो बैवाहिक जोडी


लन्डन, कात्तिक १८ (एजेन्सी) – सबैभन्दा लामो वैवाहिक जीवन कसको होला ? बेलायतमा रहँदै आएको एक भारतीय जोडीले उमेरको शतक पार गर्दा उनीहरुले बिहे गरेको ८७ वर्ष पूरा भएको छ। यो जोडी नै सायद सबैभन्दा लामो बैवाहिक सम्वन्धमा रहेको जोडी हो। १०७ वर्षका करम र १०० वर्षकी उनकी पत्‍नी कटारी चन्दका ८ छोराछोरी र २८ नातिनातिना छन्। जीवनका हरेक पक्षमा एकले अर्कालाई सघाउने यो जोडीले दीर्घ जीवन पाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

राजधानीको सडक विस्तार : भत्काउन सजिलो बनाउन गाह्रो


सरकारले राजधानीका सांँघुरा सडकहरुलाई फराकिलो बनाउने कार्य प्रारम्भ गरेपछि केही विरोधका स्वरहरु आए पनि अधिकांश पक्षबाट भने यस कार्यको सह्राहना नै भइरहेको पाइन्छ । सडक विस्तारको क्रममा घर, टहरा, पर्खाल आदि संरचना भत्किएका केही स्थानीय वासिन्दाले सम्बन्धित घरधनीसंँग सरसल्लाह नगरी सरकारले डोजर आतङ्क मच्चाइरहेको आरोप समेत लगाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्